इन्टरनेशनल पब्लिक स्कुलले जित्यो खुल्ला फुटबल प्रतियोगिता

भोजराज पन्त
महेन्द्रनगर । बेदकोट नगरपालिका वडा नम्वर ९ मा सुन्दरपुर खेलकुद विकास समितिको आयोजनामा बिहीबारदेखि सुरु खुल्ला फुटबल प्रतियोगिता सोमबार सकिएको छ । बेदेकाट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्दको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।

सुन्दरपुर खेलकुद विकास समितिका अध्यक्ष जय सिंह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका ९ वडा वडा अध्यक्ष जनक बहादुर विष्ट, निवर्तमान वडा अध्यक्ष राम सिंह धामी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, अगुवा स्थानीय सहभागी भएको छ ।

deepaj

खुल्ला फुटबल प्रतियोगितामा जम्मा १२ समुहको आवेदन परेको थियो । सामेबार भएको अन्तिम खेलमा आयोजका बि र इन्टरनेश्नल पब्लिक स्कुलबीच खेलमा इन्टरनेशनल पब्लिक स्कुलले आयोजक बि लाई ० का विरुद्ध २ गोलको अग्रता बनाएर अन्तिम खेल जितेको छ ।

Mishra

जितसंगै इन्टरनेश्नल पब्लिक स्कुलले नगद ३५ हजार हजार ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । त्यसै गरी आयोजक बि ले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

समापन कार्यक्रमा सुन्दरपुर खेलकुद बिकास समितिका खेलाडी क्षितिज धामी र अबिनाश ऐडीलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ । क्षितिज धामी १६ वर्ष मुनि मनाङ मस्र्याङ्दी क्लवमा अनुवन्धित भएका हुन् भने अबिनाश ऐडी १९ वर्ष मुनि सुदूरपश्चिमको टीममा छनौट भएका छन् ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले प्रतियोगिता उद्घाटन गरेका थिए ।

 

 

सम्बन्धित
Loading...