ghar sansar

भारतले दोधारा चाँदनीको दशगजामै प्रवेशद्वार बनाउने

khasi

महेन्द्रनगर । भारतको खटिमा क्षेत्र संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रको दशगजा क्षेत्रमा भारतले मैत्री गेट निमार्ण गर्ने भएको छ् ।

भारतको उद्यम सिंह नगर सिमान्त क्षेत्र तथा मुख्यमन्त्री पुष्कर सिंह धामीको गृह क्षेत्र खटिमा संग जोडिएको अन्तरराष्ट्रिय खुला सीमा क्षेत्रको दशगजा क्षेत्रमा भारतले मैत्री गेट निमार्ण गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएको छ् ।

dirghayi clinic

दुई देशको सहमति विना दशगजा क्षेत्रमा दुबै देशले संरचना बनाउन पाउँदैन । भारतले नेपाल सरकारसित समन्वय गरी दशगजामा गेट बनाउन बजेट विनियोजन गरेको छ ।

उक्त गेट निमार्णको लागि भारत सरकार संस्कृति विभागबाट ७२ करोड ४३ लाख रकम बजेट बिनियोजन गरिएको बताईएको छ् ।

भारत सरकार सस्कृती बिभागले लोक निमार्ण बिभागलाई उक्त बिनियोजन रकम हस्तान्तरण गरे लगत्तै निमार्ण कार्य सुरु गरिने छ ।

खुला सीमा क्षेत्रमा चोरी, तस्करी नियन्त्रण तथा दुबै देशको पुरानो मित्रता कायम राख्न मैत्री गेटले निकै सघाउ पुग्ने भारत सरकारले अपेक्षा राखेको संचारमाध्यमले जनाएका छन् । उक्त मैत्री गेट दोधारा चाँदनी नगरपालिका क्षेत्रको जोडिएको नोमेन्सलेण्डमा निमार्ण गरिने छ ।

Himal dental
सम्बन्धित
Loading...