ghar sansar

मालेको नेता भन्दै व्यवसायीलाई धम्क्याएर चन्द अशुली गर्दै आएका दुई जना पक्राउ, प्रहरी कार्यालयमा गरिए सार्वजनिक

little buddha academy
khasi

महेन्द्रनगर । उद्यमी व्यवसायी र स्थानीयलाई नेकपा मालेको नेता हुँ भन्दै धम्क्याएर चन्दा अशुली गर्दै आएका दुई जनालाई प्रहरी प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायीलाई डर त्रासर ज्यान मार्ने धम्की दिँदै अशुली गर्ने बैतडीको दोगडाकेदार गाँउपालिका ७ छानी घर भई महेन्द्रनगर बसपार्क डेरामा बस्दै आएका ४७ बर्षिया चन्द्रदेव जोशी र दार्चुला लेकम गाँउपालिका १ दार्चुला घर भएर हाल महेन्द्रनगर बस्दै आएका २६ बर्षिया नरेश साउदलाई पक्राउ गरिएको हो ।

,orning glory badhai

मंंगलबार जिल्ला प्रहरी कार्यालयमा पक्राउ परेका २ जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले विभिन्न व्यवसायी एव सर्वसाधारणबाट गैर कानुनी रुपमा रकम अशुल्न खोज्ने मुख्य नाईके सहित दुई जनालाई पक्राउ गरिएको बताउदै एसपी थापाले पार्टीको नाम दिएर सर्वसाधारण तथा व्यवसायीलाई डर त्रास, देखाई ज्यान मार्ने सम्मको धम्की दिएर रकम माग्ने मुख्य गिरोहलाई पक्राउ गरिएको बताए ।

dirghayi clinic

उनीहरुको साथबाट एक थान खुकुरी, २ थान चक्कु,३ थान मोबाईल, ६ सीमकार्ड, मोटरसाईकल र विभिन्न व्यक्ति तथा व्यवसायीहरुको फोन नम्बर उल्लेख भएको टिर्पोट डायर बरामद गरिएको छ । पीडितले दिएको जाहेरीका आधारमा उनीँहरुलाई बाट ६÷६ सीमकार्ड बोकेर फरक फरक नम्बरबाट फरक व्यक्तिलाई चन्दाका लागि फोन गर्दै आएको खुलेको छ ।

चन्दा अशुल्नका लागि विभिन्न व्यक्ति एव व्यवसायीका फोन नम्बर समेत संकलन गरेको पाईएको एसपी थापाले बताए । उक्त समुहले फोन, समाजिक सञ्जाल मार्फत धम्क्याएर रकम अशुल्न खोजेको भएपनि समयमै पीडित प्रहरीकहाँ आएकाले उनीहरुको धन्दा सफल हुन नसकेको प्रहरीको दावि छ ।

भनेको ठाँउमा मलाई रका पठाउनु लार्पबाही नगर्नु भन्दै विभिन्न व्यक्ति हरुसंग धम्कीपुर्ण चन्दा माग गरेको म्यासेज गरेका छन् ।

प्रहरी समक्ष र मंगलबार आयोजिक पत्रकार सम्मेलनमा समेत चन्द्रदेव जोशीले आफुबाट गल्ती भएको र केही व्यवसायीलाई चन्दा माग गरेर धम्की दिएको स्वीकार्दै खुलासा गरेका छन । जोशीले पार्टी संगठन विस्तार र पार्टिकका कामका लागि चन्दा मागेको बताए ।

जोशीकै योजना अनुरुप नरेश साउँद मतियारको भूमिका निर्वाह गरेको प्रहरीको ठहर छ । उनीहरु विरुद्धमा प्रहरीले मुलुकी अपराध संहिता ०७४को परिच्छेद २१को दफा २५३बमोजिम कार्बाही प्रहरी अघि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानाएको छ ।

Himal dental
सम्बन्धित
Loading...