पप्पु गुरुङ्ग
दोधारा । भारतीय जंगलबाट पसेको हात्तीका कारण दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोलमा स्थानियहरुले ठुलो धनमालको क्षति व्यहोर्न परेको छ् । कति बेघर हुनु परेको छ् । भारतिय जंगल संग सीमा जोडिएका बस्तीका नागरिकहरुले जंगली हात्तीकै कारण बिभिन्न मानसिक तथा भौतिक तनाव समेत झेल्न परेको छ् ।
पछिल्लो समय दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा जंगली हात्तीकै कारण नागरिकहरुले ठुलो समस्यामा परेको छ् । प्रत्येक वर्ष खेतमा अन्नबाली भएको अवस्थामा बडुवाल टोलका स्थानियहरुले खेप्नु समस्या खेप्दै आएका छन् । यस वर्ष केही महिना यता देखि बस्तीमा देखा परेको हात्तीले स्थानीयको घर भत्काउने र अन्नबाली समेत खाएर नष्ट पारेको छ् । यस बस्तीका नागरिकहरुले झेल्न परेको समस्या निकै पिडादायिक र दर्दनाक छ् ।
हात्ती र मानव बीचको द्वन्दका कारण भौतिक र मानवीय दुबै बस्तीमा क्षति हुँदै आइरहेको छ । हात्तीले मानव बस्तीमा आएर आतंक मच्चाउनुको कारण त यसै पनि प्रष्ट छ् । वास्तवमा हात्ती बस्तीमा पसेको हो कि ? मानिस चाही हात्तीको बास स्थानमा बसेको हो भन्ने प्रश्न पनि विचारणीय छ् । राज्यले पनि हात्ती पीडितहरुका लागि चाहेर पनि केही गरेको देखिदैन् । अहिले त स्थानीय सरकारहरु छन् । उनीहरु आफैले पनि समन्वय गरेर यस विषयमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सक्छन् ।
यता तिर उनीहरुको खासै ध्यान गएको देखिदैन । उनीहरुले नीति कार्यक्रममा केही समावेश गराएका पनि छैनन् । त्यसैले पनि हात्तीको आतंकमा स्थानीयहरु पीडित हुदै आएका छन भने सरकार रमिते बनेको छ् । निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा बस्ने आम जनताको समस्याको सुनुवाई र उचित सम्बोधन हुनुपर्छ । वन्यजन्तु र मानव बस्ती दुवै संरक्षण गर्ने दायित्व सरकारकै हो । उसले यस क्षेत्रका जनतालाई जंगली जनावरको जोखिमबाट बचाउनुपर्छ् । तिनको मारमा परेका जनतालाई उचित क्षतिपूर्ति, बिमा, घाइतेलाई उपचार र जीविकोपार्जनमा सहयोग गर्नुपर्छ ।
मध्यवर्ती क्षेत्रका जनतालाई भयमुक्त अवस्थामा राख्ने र निकुञ्जका जनावरको संरक्षण दुवै सरकारको दायित्व हो । पछिल्लो झण्डै दुई सातामा मात्रै बस्तीमा हात्तीले ७ घर भत्काएको छन् भने ८४ बढी घरपरिवारको अन्नवालीमा क्षति पु¥याएको छ् । जोगबुडा नदी पारी नेपाल–भारत सिमा संग जोडिएको बडुवाल टोल बस्तीमा तीन सय घरपरिवारको बसोबास गर्दछन् ।
हात्तीले चम्फा सार्की, दिपक औजी, अमर मगर र रने सार्की, सुरज सुनार, लिला मगरको घर तथा भान्सा हात्तीले भत्काएको छ् । सातै जना बेघर भएर छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् । पक्की घर बाहेक कच्ची घर भएका स्थानियहरुले हात्तीको आक्रमणको डरले घर छाड्न थालेका छन् ।
कोही–कोही त समसाँझै खाना खाएर बोरि बिस्तारा लिएर पक्की घरको खोजीमा जाने गरेका छन् । रातीको समयमा हात्तीको बितण्डाको डरले उनिहरु घर छाडेका बताएका छन् । बस्तीमा सशस्त्र प्रहरी फोरवार्ड क्याम्प छ् । थोरै जनशक्ती रहेको उक्त सशस्त्र प्रहरीको फोरवार्ड बेसमा थप जनशक्तीको आवश्यकता रहेको स्थानियहरुले महशुस गर्दै आएका छन् । यहाँ दशकौं देखि बसोबास रहेपनि स्थानियले जग्गाको पुर्जा नपाउदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउदा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन् ।