ghar sansar

भीमदत्त पन्तको शालिक तोडफोडपछि प्रशासनमा छलफल, संलग्न सबैलाई पक्राउ गर्ने सिडिओ र एसपीको प्रतिवद्धता

khasi

महेन्द्रनगर । भीम वाटिका(स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड भएपछि वडा कार्यालय सहितले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसित छलफल गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा, भीमदत्त पन्त स्मृति प्रतिष्ठानका सचिव हपर प्रसाद जोशी, भीम वाटिका संरक्षण समितिका अध्यक्ष प्रशान्त भट्ट सहितले तोडफोड भएपछि प्रशासन कार्यालय पुगेर छलफल गरेका हुन् ।

dirghayi clinic

प्रमुख जिल्ला अधिकारीसितको छलफलमा प्रहरी उपरीक्षक कमल थापा पनि सहभागी भएका छन् । छलफलमा सहभागी भीम वाटिका संरक्षण समितिका अध्यक्ष भट्टले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक दुबैले शालिक तोडफोडमा संलग्न सबैलाई पक्राउ गरी कारवाही गरिने प्रतिवद्धता जनाएको बताए ।

‘यो सार्वजनिक सम्पत्ति हो, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जो सुकैलाई पनि कानुन अनुसार कारवाही हुन्छ, अहिलेसम्म तीन जना पक्राउ गरि सकेका छौ, अन्यलाई पनि पक्राउ गर्छाै’ छलफलमा प्रहरी उपरीक्षक थापाले गरेको प्रतिवद्धता उद्धृत गर्दै भीम वाटिका संरक्षण समितिका अध्यक्ष भट्टले भने । प्रहरी उपरीक्षक थापाले तोडफोडमा सुरक्षा कमजोरी भएको स्वीकार गर्दै प्रहरीलाई पनि कारवाही गरिने बताए ।

भीमदत्त स्मृति प्रतिष्ठाले पन्तको शालिक स्थापना गरेको थियो । राजसंस्था पुनःस्थापना अभिययानका लागि राप्रपाले गरेको प्रदर्शनका क्रममा पन्तको शालिक तोडफोड गरिएको हो । प्रहरीले शालिक तोडफोड भएपछि दुई राउण्ड हवाई फायर प्रहार गरी भीडलाई तितरवितर गरेको थियो ।

शालिक तोडफोडमा संलग्न तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले छलफलमा जानकारी दिएका छन् । अहिले भानु पार्टी प्यालेशस्थित राप्रपा पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...