ghar sansar

भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न राप्रपाका जिल्ला सचिव सहित १८ नेता कार्यकर्ता पक्राउ, सबैमाथि मुद्दा चलाउने प्रहरीको तयारी

khasi

महेन्द्रनगर । किसान नेता भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका १८ नेता कार्यकर्ता पक्राउ परेका छन् । राज संस्था पुनः स्थापना अभियान अन्र्तगत बिहीबार दिउँसो राप्रपाले गरेको प्रदर्शनका क्रममा भीम वाटिकास्थित पन्तको शालिक तोडफोड गरिएको थियो ।

dirghayi clinic

पक्राउ पर्नेमा राप्रपाका जिल्ला सचिव शिशिर थापा सहितका छन् । यसैगरी राप्रपाका जिल्ला कोषाध्यक्ष दिनेश श्रेष्ठ सहित हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, प्रेम रावल, आकाश जोशी,बिनोद चन्द,कृष्ण बहादुर चन्द,रमेश बाग, कमलेश सिह ठकुरी,भुपेन्द्र राज पन्त, मोहित प्रशाद पन्त,उपदेश सिह,बिराट विष्ट,कमल चन्द,सुजल खडका,विवेक चन्द(ठकुरी) लगायतका पक्राउ गरिएका छन् ।

शालिक तोडफोडपछि प्रहरीले पार्क मोडबाट राप्रपाका नरेश कार्की सहित तीन जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्यलाई पक्राउ गरिएको हो । राप्रपा नेताहरुका अनुसार प्रहरीले पक्राउ गरेका कार्की सहितलाई छुटाउने गएको समयमा अन्यलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले पक्राउ परेका सबैमाथि मुद्दा दर्ता गरी अनुसन्धान गरिने बताए । शालिक तोडफोडपछि प्रशासन कार्यालयमा भएको छलफलमा प्रहरी उपरीक्षक थापाले संलग्न सबैलाई पक्राउ गर्ने प्रतिवद्धता गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...