ghar sansar

प्याब्सनको जिल्ला स्तरीय चेस प्रतियोगिता, होली फेमलीका उमेश भट्ट प्रथम

महेन्द्रनगर । प्याब्सन कञ्चनपुरले शुक्रबार जिल्ला स्तरीय चेस प्रतियोगिता आयोजना गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरको सभा कक्षमा गरिएको प्रतियोगितामा जिल्लाभरका ३६ विद्यालयका विद्यार्थीलेभाग लिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द विशिष्ठ अतिथि थिए ।

mantra hos123

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षता कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्ला बुद्धिचाल संघका अध्यक्ष टेकेन्द्र पाठक, प्याब्सन जिल्ला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक महादेव प्रसाद भट्ट लगायतका सहभागी भएका छन् ।

प्रतियोगितामा होली फेमली माध्यमिक विद्यालयका उमेश भट्टले प्रथम स्थान हासिल गरेका छन् । यसैगरी शिशु विद्या मन्दिरका प्रशान्त विष्ट, इन्टरनेशनल माविका नैतिक बैज र न्यू सरस्वती विद्या मन्दिरका विष्णु बडायक क्रमशः द्वितीय, तृतीय र चौथो भए । सनराइज पब्लिक स्कुलका प्रनिम भट्ट पाँचौ इन्टरनेशनका सार्थक पन्तका छैठौ स्थान हासिल गरे ।

प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

    

Himal dental
सम्बन्धित
Loading...