ghar sansar

प्याब्सन कञ्चनपुरको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, वेष्टर्न पब्लिक स्कुल प्रथम, शिशु विद्या मन्दिर दोस्रो र बाल रुपान्तरण भए तेस्रो

little buddha academy
khasi

महेन्द्रनगर । प्याब्सन कञ्चनपुरले शनिबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरको सभा कक्षमा गरिएको प्रतियोगितामा वेस्टर्न पब्लिक स्कुल प्रथम स्थान हासिल गरेको छ । बेदकोट नगरपालिको शिशु विद्या मन्दिर द्वितीय र पुनर्वासको बाल रुपान्तरण बोर्डिङ स्कुलले तृतीय हासिल गरेका छन् ।

,orning glory badhai

dirghayi clinic

प्रतियोगितामा कृष्णपुरको सनलाइट पब्लिक स्कुलले सान्तवना स्थान प्राप्त गरेको छ । प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेव प्रसाद भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्याब्सन सुदूरपश्चिम प्रदेशका वरिष्ठ उपाध्क्ष शमर जङ्ग बहादुर चन्द र शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्ट विशिष्ठ अतिथि थिए ।

कार्यक्रममा अक्कल रोकाया,नागेन्द्र कलौनी,गौरी दत्त भट्ट लगायतका विभिन्न विद्यालयका शिक्षक, कर्मचारी सहभागी भएका छन् । प्याब्सनका जिल्ला सचिव राकेश बहादुुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।

   

 

Himal dental
सम्बन्धित
Loading...