ghar sansar

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सफल बनाउन सबैलाई एकजुट हुन दोधारा चाँदनीका उप मेयरको आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशीले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सफल पार्न सबैमा आग्रह गरेका छन् ।

dirghayi clinic

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत शनिबार दोधारा चाँदनी नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा उप मेयर जोशीले एकल प्रयासले मात्रै समाज समानता मुलक बन्न नसक्ने भएकाले सबै एकजुट हुनु पर्ने बताएकी हुन् ।

,orning glory badhai

कार्यक्रममा सहभागीहरुले लैङ्गिक हिंसा अन्त्य गर्न आफैबाट सुरु गर्नु पर्ने उनले आफ्नो धारणा ब्यक्त गरे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले लैंगिक हिंसा, घरेलु हिंसा र लागु औषध दुरुपयोग सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिए ।

दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुर, एनएनएसडब्लुए), निड्स नेपाल कञ्चनपुर लगायतका संस्थाको सहयोगमा कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...