ghar sansar

वडा सदस्यमाथि जातीय भेदभाव गर्ने वडा अध्यक्षलाई चार महिना कैद सजाय

khasi

महेन्द्रनगर । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र ७५ हजार जरिवानाको फैसला गरेको छ । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा अधिकारीलाई अदालतले सो बमोजिमको आदेश गरेको हो ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

dirghayi clinic

अधिकारीका अनुसार जातीय तथा अन्य सामाजिक छुवाछुत र भेद्भाव सम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको हो। सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि रु दुई लाखसम्म जरिवानाको व्यवस्था छ ।

सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारीले बताए।

पोखरा–२४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारी विरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन्। यसैगरी पीडित नेपालीलाई अधिकारीले रु १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ।

Himal dental
सम्बन्धित
Loading...