
महेन्द्रनगर । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई भारतमा सम्मान गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश रहेका पूर्व मन्त्री लेखकलाई आइतबार भारतको लखनाऊ विश्व विद्यालयको १०३ औं स्थापना दिवस तथा अन्तर्राष्ट्रिष्य अलुमिनी मिटको अवसरमा सम्मान गरिएको हो ।
साँसद लेखकले लखनउ विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका हुन् । विश्वविद्यालयले लेखक सहित १३ जना पूर्व विद्यार्थीलाई स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।

साँसद लेखकले सम्मानपछि लखनउन विश्वविद्यालयलाई आभार सहित धन्यवाद दिएका छन् । लखनउ विश्वविद्यालयबाट साँसद लेखक कानुन अध्ययन गरेका हुन् ।
सम्मानपछि साँसद लेखकले आफूसंगै छात्राबासमा बसेका १३ जना सम्मानित भएको बताएका छन् । उनले वार्षिकोत्सव कार्यक्रममा सबैसित भेटघाट भएर कुराकानी भएको उल्लेख गरेका छन् ।
‘यस अवसरमा पहिले म बसेको छात्रावासमा १३ वटा विभिन्न देशवाट ऊच्च शिक्षा लिन आएका केहि विध्यार्थीसंग भेट र कुराकानी भयो। अर्को मैले उच्च शिक्षा हासिल गरेको भारतको लखनाऊ विश्व विद्यालयको १०३औं स्थापना दिवस तथा अन्तर्राष्ट्रीय अलुमिनी मिटको अवसरमा विश्व विद्यालयको आमन्त्रणमा अत्यन्त महत्वपूर्ण कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो’ लेखकले आफ्नो फेसबुकमा भनेका छन्, ‘विश्वविद्यालय स्थापना भएको १०३ औं वर्षको अवसरमा विश्व विद्यालयवाट सम्मान प्राप्त भयो । म लखनाऊ विश्वविद्यालय प्रति आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु। यस अवसरमा पहिले म बसेको छात्रावासमा १३ वटा विभिन्न देशवाट ऊच्च शिक्षा लिन आएका केही विद्यार्थीसंग भेट र कुराकानी भयो । अर्को समारोहमा पुराना साथीहरूसंग भेंट भयो। विश्व विद्यालयमा अध्ययनको स्मरण ताजा भयो। लखनाऊ विश्वविद्यालय पहिले र अहिलेपनि राष्ट्रीय, अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त छ र रहि रहनेछ ।’
काँग्रेसका प्रमुख सचेतक लेखक २०७९ को निर्वाचनमा फराकिलो मत अन्तरले साँसद निर्वाचित भएका हुन् । उनी कञ्चनपुर ३ मा २०७४ को आम निर्वाचन बाहेक अन्य सबै चुनावमा साँसद भएका छन् । उनी २०५६ मा पहिलो पटक ३३ वर्षमा कञ्चनपुर ३३ बाट साँसद निर्वाचित भएका हुन् ।
२०७९ मा उनी काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट साँसद भएका हुन् । २०२० मा बैतडीको दशरथ चन्द नगरपालिका आइतमा जन्मिएका उनको प्रारम्भिक शिक्षा बैतडीमा भएको थियो । त्यसपछि कक्षा ५ देखि १० सम्म महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयमा पढेका उनले सिद्धनाथ विज्ञान क्याम्पसबाट प्रविणता पत्र तह उत्तीर्ण गरेका थिए । लेखकले बायोलोजीमा आइएस्सी गरेका हुन् ।
सिद्धनाथ विज्ञान क्याम्पसबाट राजनीतिमा आएका उनी नेपाल विद्यार्थी संघबाट २०३७ मा सिद्धनाथ विज्ञान क्याम्पसमा चुनाव लडेका थिए । त्यसपछि उनी उच्च शिक्षा अध्ययनका लागि भारतको लखनउ गएका हुन् ।
लखनउ विश्वविद्यालयबाट उनले बिए, एमए र एलएलबी (कानून) को अध्ययन गरेका थिए । त्यसपछि उनले महेन्द्रनगरमा केही वर्ष कानुनी व्यवसाय, पत्रकारिता र शिक्षण पेशा गरेका थिए ।
लेखकले तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा इतिहास, वाणिज्य र कानून संकायमा अध्यापन गरेका थिए । २०४८ मा कांग्रेस कञ्चनपुरको जिल्ला सचिव भएका उनी २०५६ को आम निर्वाचनमा पहिलो पटक साँसद भएका हुन् ।
२०५६ मा चुनाव जितेको दुई वर्ष पछि उनी कांग्रेस संसदीय दलको सचेतक भएका थिए ।
२०६२ मा पुनस्र्थापित साँसदमा विधायक भएर उनी श्रमराज्य मन्त्री र त्यसपछि श्रम मन्त्री भए । लेखक माओवादी संगको वार्ता टोलीका सदस्य भएका थिए ।
२०६४ मा पहिलो संविधान सभा सदस्य निर्वाचनमा समानुपातिक सभासद भएका उनी २०७० मा संविधान सभाको अर्को निर्वाचनमा निर्वाचित भएका थिए ।
