ghar sansar

लालझाडीमा इन्जिनियर कुट्न कसले बोलायो १२ जनाको जत्था, गाउँपालिका अध्यक्ष भन्छन्– घट्ना भयो, दुबैलाई बोलाएर छलफल गर्छौ

little buddha academy
khasi

महेन्द्रनगर । लालभलाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिकाका इन्जिनियर राम प्रसाद अवस्थीमाथि भएको कुटपिट घट्ना सम्बन्धि निर्माण कम्पनीसित छलफल गरिने बताएका छन् । लालझाडी गाउँपालिका २ कञ्जस्थित सडक निर्माण साइड निरीक्षणका क्रममा सोमबार ठेकेदारले इन्जिनियर अवस्थीमाथि कुटपिट गरेका थिए ।

अध्यक्ष रानाले आफू गाउँपालिका बाहिर भएकाले घट्नाबारे जानकारी लिएको र दुबै पक्षलाई राखेर छलफल गरिने बताए । ‘म अहिले बाहिर छु, त्यो घट्ना भएको रहेछ, दुबै पक्षलाई राखेर छलफल हुन्छ’ उनले भने ।

,orning glory badhai

इन्जिनियर कुटपिट गरिएको क्षेत्र गाउँपालिका अध्यक्ष रानाको वडामा पर्छ । गाउँपालिकाले गत वर्ष कञ्जमा सडक कालोपत्रेको ठेक्का लिएका कन्दकला कस्ष्ट्रक्सन प्रालिका सञ्चालक भीम बहादुर रानाले सोमबार इन्जिनियर अवस्थीलाई साइड हेर्न बोलाएपछि कुटपिट गरेका हुन् । स्थानीयका अनुसार ठेकदार राना सहितले अवस्थीमाथि कुटपटि गरेको थियो ।

ठेकेदार रानाले गत वर्ष एक करोडमा लिएको एक किलोटिर सडक कालोपत्रेको ठेक्का लिएका थिए । अहिलेसम्म कालोपत्रे नभएर बेस मात्रै तयार गरिएको सडकमा गुणस्तरलाई लिएर ठेकदार रााना र इन्जिनियर अवस्थीबीच विवाद भएको थियो । इन्जिनियर अवस्थीले गुणस्तर सुधारपछि मात्रै भुक्तानीका लागि आवश्यक जाँच प्रक्रिया अघि बढाउने अडान लिएपछि राना उनीसित रिसाएका थिए ।

dirghayi clinic

‘ठेकेदारको अनुचित दबाव नमानेर कुटपिट गरिएको हो, यो त नियोजित रुपमा कुटपिट गरिएको छ, साइड हेर्न बोलाएर त्यतिका मान्छेबाट कुट्न लगाइएको छ’ इन्जिनियर एसोसिएसका एक पदाधिकारीेले भने,‘इन्जिनियरका केही कमजोरी भए कार्यालयमा गएर भन्नु पर्ने हो, त्यहाँ त फिल्डमा बोलाएर कुटपिट गरिएको छ, त्यसैले यो गम्भीर हो ।’

रानाले इन्जिनियर अवस्थीले अडान अनुसार बेसको गुणस्तर सुधार गरे पनि सोमबार उनलाई त्यहीं साइड हेर्न स्थानीय सहितलाई बोलाएर कुटपिट गराएका हुन् ।

इन्जिनियर अवस्थीमाथि कुटपिटपछि गाउँपालिका कर्मचारीले कार्यालय ठप्प पारेका छन् । गाउँपालिका कर्मचारीले सोमबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी निर्माण स्थलमा बोलाएर १०÷१२ जनाको समूहले साँघातिक रुपमा कुटपिट र अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘ठेकेदार राना गाउँपालिका अध्यक्ष रानाका नजिकका मानिन्छन् । गाउँपालिकासित पहुँच भएका कारण उनले इन्जिनियरलाई साइडमा बोलाएर कुटपिट गरेको स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष रानाले पनि ठेकदार पूरानो निर्माण व्यवसायी भएको बताएका छन् ।

ठेकेदार रानाले भने इन्जिनियरले आफूलाई दुःख दिएको र घुस मागेको आरोप लगाएका छन् । उनले इन्जिनियरसित धकेलाधकेल भएको स्वीकार गरेका छन् । गाउँपालिका स्रोतका अनुसार ठेकेदार रानाले इन्जिनियर अवस्थीलाई गुणस्तर नहेरी योजनाको नापी किताब तयार गरि दिन पटक पटक दबाव दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...