ghar sansar

मेयर उप मेयरको झगडाले मेलौलीमा हुन सकेन सात महिनासम्म एमआइएस अपरेटरको परीक्षा

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाले सार्वजनिक सूचना गरिएको सात महिनासम्म सूचना प्रविधि सम्बन्धि कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढाउन सकेको छैन । नगरपालिकाले गत जेठ २४ गते सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुुदृढीकरण सेवा इकाईका लागि करार सेवामा पाँचौ तहको एमआइएस अपरेटरको पदपूर्तिका लागि सार्वजनिक सूचना गरेको थियो ।

सार्वजनिक सूचना अनुसार एमआइएस अपरेटरका लागि १२ जनाले आवेदन दिएका छन् । जेठ ७ गते आवेदन दिने अन्तिम म्याद राखिएको सूचनामा सर्ट लिस्ष्ट सार्वजनिक, कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता गरी नियुक्त गर्ने उल्लेख गरिएको छ ।

,orning glory badhai

नगरपालिकाले सार्वजनिक सूचना अनुसार परीक्षा सञ्चालनको तयारी अघि बढाएको छैन । हालसम्म आवेदकको सर्ट लिस्ट समेत सार्वजनिक गरिएको छैन । मेलौलीका मेयर भीम बहादुर चन्द र उप मेयर पार्वती बोहराको मतभेदले परीक्षा सञ्चालन गरी पदपूर्ति हुन नसकेको हो । 

‘नगरपालिकाले सूचना खोलेपछि त्यसमा उल्लेख गरे तोकिएको दस्तुर तिरी आवेदन दिएका थियौ, सूचनामा परीक्षा मिति पछि प्रकाशित गरिने भन्ने उल्लेख छ’ एक आवेदकले भने,‘आवेदन दिई सकेपछि सूचना अनुसारको पछि भन्ने अहिलेसम्म आए, सात महिना भयो,अहिलेसम्म परीक्षा गरिएको छैन, हामीहरु सर्टलिस्ष्ट समेत गरिएको छैन ।’

आवेदकहरुले परीक्षा सञ्चालनका लागि मेयर भीम बहादुर चन्द र प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीलाई पटक पटक गुहार्दैै आएका छन् । उनीहरुले सात महिनादेखि परीक्षा सञ्चालनका लागि आग्रह गरि रहेका छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृतले उनीहरुलाई परीक्षा सञ्चालनको कारण बताउन सकेका छैनन् ।

dirghayi clinic

‘परीक्षा नभएपछि हामी उमेदवार सबैले परीक्षा किन भएन भनेर सोध्दा कपहले फेरि विज्ञापन गर्नु पर्छन, कहिले स्वच्छ परीक्षा हुन्छ भन्छन्’ एक आवेदकले भने,‘हामीलाई खाली झुलाउने काम भएको छ, मेयर हाकिमलाई धेरै पटक भनि सक्यौ, अब कोलाई भनेर हुने हो, के गर्नु पर्ने, जसरी नि परीक्षा हुनु पर्छ भन्ने हामी चाहन्छौ ।’

नगरपालिका स्रोतका अनुसार मेयर चन्द र उप मेयर पार्वती बोहराबीच एमआइस अपरेटर बनाउने व्यक्तिका विषयमा मतभेद छ । मेयर चन्दले प्रतिस्पर्धाबाट नियुक्त गर्न चाहना राखेका छन् अडान लिएका छन् । त्यस विरुद्ध उप मेयर बोहरा नगरपालिकामा कार्यरत कम्प्यटुर अपरेटरलाई नियुक्त गर्न पर्ने पक्षमा छन् । उप मेयर बोहरालाई काँग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधले साथ दिएका छन् । 

मेलौलीमा मेयर उप मेयर दुबै सत्ता गठबन्धनका हुन् ।  मेयर चन्द माओवादी केन्द्र र उप मेयर बोहरा काँग्रेसबाट निर्वाचित भएका हुन् । एमआइएस अपरेटरका लागि नगरपालिकामा करार सेवामा कार्यरत कम्प्यटुर अपरेटरले पनि आवेदन दिएका छन् ।

उप मेयर बोहरा सहित काँग्रेसका सबै जनप्रतिनिधि ती अपरेटरलाई बनाउनु मेयरलाई दबाव दिँदै आएका छन् । ती कम्प्यटुर अपरेटर निवर्तमान मेयर कृष्ण सिह नायकको कार्यकालमा नियुक्त गरिएको नगरपालिका कर्मचारीहरु बताउँछन् । 

मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले आवेदन लिने बाहेक अन्य प्रक्रिया अघि बढ्न नसकेको बताइन् । ‘सूचना गरिएको हो, त्यस अनुसार आवेदन लिएका छौ, तर त्यस बाहेकका अन्य प्रक्रिया अघि बढेको छैन’ उनले भनिन्, ‘अब छिटो नै यसबारे टुङ्गो लगाउँछौ ।’

प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार दुई तीन दिनभित्र बस्ने कार्यपालिका बैठकबाट पदपूर्ति प्रक्रियाको अन्तिम टुङ्गो लाग्ने भएको छ । ‘दुई तीन दिनभित्र कार्यपालिका बैठक बस्दैछ, त्यसमा के गर्ने भनेर टुङ्गो लाग्छ’ उनले भनिन्, ‘नगरपालिकासित स्रोत छैन, त्यसैले पदपूर्ति प्रक्रिया कार्यपालिकाबाट स्थगित पनि हुन सक्छ ।’

Himal dental
सम्बन्धित
Loading...