जाजरकोटका भूकम्प पीडितलाई लघुवित्त कर्मचारी मञ्चले पठायो आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुर लघुवित्त कर्मचारी मञ्चले जाजरकोटका भूकम्प पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । मञ्चले जिल्ल्ला प्रशासन कार्यालय कञ्चनपुरसित समन्वय गरी सहयोग रकम जाजरकोट पठाएको छ ।

मञ्चका अध्यक्ष ध्रुबराज देवकोटाले प्रशासन कार्यालय मार्फत भूकम्प पीडितहरुका लागि राहत स्वरुप ३७ हजार ५ सय ८० रुपैँया जजारकोट प्रशासन कार्यालयको भूकम्प राहत कोषमा पठाइएको बताए ।

प्रशासन कार्यालयमा बिहीबार मञ्चका अध्यक्ष देवकोटाले राहत कोषमा रकम जम्मा गरी प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीलाई रसित हस्तान्तरण गरे ।

गत कार्तिक १७ गते राति जाजकोटलाई केन्द्र बिन्दु बनाएर आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको थियो ।

जाजरकोट प्रशासन कार्यालयमा भूकम्प प्रभावित राहत कोष २०८० गरी नेपाल बैंकमा ०७५००१०७५९९६६९०००००१ नम्बरको खाता खोलिएको छ ।

 

Sisu
सम्बन्धित
Loading...