
महेन्द्रनगर । बेदकोट नगरपालिका १० दैजीस्थित शिशु विद्या मन्दिरमा शुक्रबार पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । बेदकोट नगरपालिकाका १८ विद्यालय सहभागी प्रतियोगितामा बाल संसार इङ्गशिल स्कुल प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा भुनवेश्वरी माध्यमिक विद्यालय सिसैया द्वितिय, शिशु विद्या मन्दिर र अरनिको इङ्गलिश स्कुल तृतीय तथा जनता माध्यमिक विद्यालय सान्तवना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम बाल संसारका नितेश पन्त र विराज पन्त, द्वितीय भुवनेश्वरी माविका चन्द्रप्रकाश पन्त र देबराज पन्त, तृतीय शिशु विद्या मन्दिरका सन्देश जोशी र किशोर जोशी, अरनिको स्कुलका कोपिला जोशी र निरज कार्की तथा सान्तवना स्थान हासिल गर्ने जनता माविका अनिश भट्ट र योगेश भट्टले भाग लिएका छन् ।
बेदकोट नगरपालिकाले शिशु विद्या मन्दिरको व्यवस्थापनमा आधारभूत तह(कक्षा १–८ का ) विद्याीर्थीहरुका लागि प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्यालयलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । बेदकोट नगरपालिका उप मेयर तुलसी जोशीको प्रमुख आतिथ्यमा प्रतियोगिता गरिएको छ ।
बेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख मन्जु थापाले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । नवराज पन्त र राकेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए ।
