Sarsoti

दोधारा चाँदनीमा फैलियो हात्ती आतंक, बडुवाल टोलसंगै १६ नम्बर वस्तीमा पनि त्रास

lotus institute

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० को अठार नम्वर पिल्लर बस्ती क्षेत्रमा जंगली हात्तीको आतंक बढेको छ । पाँच दिनदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिएको जंगली हात्तीले स्थानियको उखुबाली नष्ट र गोठ भत्काएका छन् ।

दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले अठार नम्वर पिल्लर बस्ती निवासी दिल बहादुर रानाको झण्डै तीन कट्टा जग्गाको उखुबाली हात्तीले नष्ट गरेको बताए ।

morning glory
Mahendranagar

यसैगरी प्रतिभाटोलका नरेन्द्र बहादुर बुढाको घरसंग नजिक रहेको गोठलाई मध्यरातमा आएको जंगली हात्तीले भत्काएको वडा अध्यक्ष सिंहले बताए ।

जंगली हात्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पस्ने हात्ती आफ्नो आहाराको खोजीमा बस्ती–बस्तीमा आउने गरेको स्थानिय बताउँछन् । स्थानीय दिल बहादुर रानाका अनुसार दुई हात्तीले सीमा क्षेत्र नजिक रहेको भारतीय नागरिकको घरमा समेत जंगली हात्तीले क्षति पुगाएका छन् ।

मध्यरातमा जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन् । दोधारा चाँदनी नगरपालिका ३ मा वर्षौदेखि जंगली हात्तीले आतंक मच्चाउँदै आएका छन् ।

saark school
सम्बन्धित
Loading...