लालझाडीका इन्जिनियर कुटपिट आरोपमा ठेकेदारलाई पक्राउ गरिएको भन्दै निर्माण व्यवसायी संघको आपत्ति

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले लालझाडी गाउँपालिकाका इन्जिनियर राम प्रसाद अवस्थीलाई कुटपिट गरेको आरोपमा निर्माण व्यवसायी भीम सेन राना पक्राउ गरिएपछि आपत्ति जनाएको छ ।

संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले शनिबा विज्ञप्ति जारी गरी निर्माण स्थलमा भएको समान्य विवादलाई मुद्दा बनाएर व्यवसायीलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाइएको छ ।

लालझाडी गाउँपालिका २ कञ्जमा सडक निर्माणको निरीक्षणका क्रममा आफूमाथि कुटपिट सहित अभद्र व्यवहार गरिएको भन्दै इन्जिनियर अवस्थीले दिएको जाहेरीको आधारमा शुक्रबार प्रहरीले रानालाई पक्राउ गरेको थियो ।

Sisu
सम्बन्धित
Loading...