
महेन्द्रनगर । नेपाल इङ्गलिश ल्याङ्ग्युएज टिचर्स एसोसिएन (नेल्टा) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा. शंकर दत्त भट्ट चयन भएका छन् । कैलालीको धनगढीमा शनिबार सम्पन्न भेलाबाट भट्टको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको छ ।
प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन रजवार, उपाध्यक्ष सुरेन्द्र राज ओझा, महासचिव गम्भीर बहादुर चन्द, सचिव केशब दत्त भट्ट, विष्णु दत्त जोशी र कोषाध्यक्ष निर्मला धामी चयन भएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारका मुख्य सचिव डा. हरि लम्सालको प्रमुख आतिथ्यमा भेला गरिएको छ । भेलामा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान र डा. भीमलाल गौतम विशिष्ठ अतिथि थिए ।
रामजी हमालको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका नेल्टाका अध्यक्षलाई सम्मान गरिएको छ ।
