सात महिनापछि भेटियो पत्रकार विष्टको हराएको मोबाइल

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हराएका मोबाइल खोजी गरेर सम्वन्धित व्यक्तिलाई बुझाएको छ। विभिन्न मितिमा हराएका मोबाइल खोजेर प्रहरीले मंगलबार सम्वन्धित व्यक्तिलाई बुझाएको हो ।

विभिन्न मितिमा मोवाइल हराएको भन्दै खोजतलासका लागि आइएमइआइ नम्बरसहित प्रहरीमा निवेदन परेपछि चार थान मोबाइल खोजेर सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोबाइल धनीलाई प्रहरी कार्यालयमै बोलाएर फेला परेका मोबाइल बुझाएको हो । मोबाइल बुझ्नेमा पत्रकार मोहन विष्ट लगायतका छन् । विष्टको मोबाइल मोबाइल सात महिना अघि लालझाडी गाउँपालिकामा हराएको थियो ।

सम्बन्धित
Loading...