ghar sansar

आफ्नै इन्जिनियर कुट्ने ठेकेदारलाई छुटाउन लालझाडी गाउँपालिकाका अध्यक्ष रानाको दौडधुप

little buddha academy
khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले इन्जिनियर कुटपिट प्रकरणमा पक्राउ परेका ठेकेदार भीम सेन रानालाई छुटाउन सक्रियता देखाएका छन् ।

लालझाडी गाउँपालिका २ कञ्जस्थित निर्माणानिध सडक निरीक्षणका लागि बोलाएर कार्तिक ११ गते ठेकेदार राना सहितको समूहले इन्जिनियर अवस्थीलाई कुटपिट गरेको थियो । कुटपिटपछि इन्जिनियर अवस्थीले ठेकेदार राना सहित चार जना विरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएका थिए ।

,orning glory badhai

इन्जिनियर अवस्थीको जाहेरीपछि ठेकेदार रानालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । कुटपिटमा संलग्न राना बाहेक अन्य तीन आरोपी अझै पक्राउ गरिएका छैनन् ।

गाउँपालिका अध्यक्ष राना ठेकेरारा पक्राउ परेपछि उनलाई छिटो छुटाउन र अन्य तीन फरार आरोपीलाई पक्राउ नगरी उन्मूक्तिका लागि दौडधुपमा लागेका छन् । त्यसका लागि उनले निर्माण व्यवसायीलाई गुहारेर ठेकेदार रानालाई छिटो हिरासतका लागि दबाव बनाउन खोजेका छन् । त्यसमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले अध्यक्षलाई साथ दिएका छन् ।

इन्जिनियर अवस्थीमाथि कुटपिट प्रकरणमा गाउँपालिकाले अहिलेसम्म आधिकारिक रुपमा विज्ञप्ति समेत निकाल्न सकेको छैन । घट्नाको दिन नाम उल्लेख नगरिएको हस्ताक्षर सहितको विज्ञप्ति गाउँपालिकाको बेवसाइडमा राखिएको छ ।

आइतबार कञ्चनपुर निर्माण व्यवसायीले गरेको सडक स्थलगत अनुगमनमा अध्यक्ष राना र प्रमुख प्रशासकीय अधिकृत सार्की दुबै सहभागी भएका थिए । निर्माण व्यवसायी संघको टीम जान अघिसम्म उनीहरु सडक निर्माण स्थलमा नगएको स्थानीयले बताए ।

dirghayi clinic

अध्यक्ष रानाले ठेकेदारलाई छुटाउन महेन्द्रनगर निर्माण व्यवसायी संघसित छलफल गरी घट्नालाई सहज बनाउन ६ बँदे सहमति गराएका छन् । इन्जिनियर कुटपिटमा संलग्नलाई कारवाहीको माग समेत राख्न नसकेर अध्यक्ष रानाले दुबै पक्षलाई कमजोरी स्वीकार गराएर घट्नालाई थामथुम प्रयास गरेका छन् ।

आफ्नै इन्जिनियर कुटपिटपछि प्रशासन कार्यालय आएर संलग्नलाई कारवाहीको माग राख्न सट्टा अध्यक्ष रानाले ठेकेदारलाई जोगाउन निर्माण व्यवसायी संघ गुहारेका छन् ।

कञ्चनपुर निर्माण व्यवसायीले केही दिन अघि विज्ञप्ति सार्वजनिक गरी ठेकेदार राना पक्राउको विरोध गरेको थियो । निर्माण व्यवसायी संघ जिल्ला प्रशासन कार्यालय र प्रहरीसित छलफल गरी रानाको अनुसन्धानलाई छिटो टुङ्गो लगाएर हिरासत मुक्त गर्ने पहल गरि रहेको छ । ठेकेदार पक्राउको विरोध गरेको केही दिनपछि अध्यक्ष रानाले संघका पदाधिकारी सहित बैठक गरी ६ बुँदे सहमति गराएका हुन् ।

अध्यक्ष रानाले निर्माण व्यवसायी संघले मिलेर घट्नाको समाधान खोजेपछि कर्मचारी वृत्तमा हाँसोको विषय बनेको छ । ‘निर्माण व्यवसायी संघ व्यवसायीको हक अधिकारका लागि लड्ने संस्था हो, संघ ठेकेदारलाई छुटाउन लागि परेको छ’ नेपाल इन्जिनियर एसोसिएसनका एक सदस्यले भने,‘अब गाउँपालिका अध्यक्ष आफैं निर्माण व्यवसायी संघलाई गुहारेर समस्याको हल खोज्छ भने यो भन्दा ठूलो लाजमर्दाे विषय अरु के हुन सक्छ त ।’

६ बुँदे सहमति गराउन अध्यक्ष राना सहित प्रमुख प्रशासकीय अधिकृत सार्र्की सहित कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरन्जन प्रशाद भट्ट, नेपाल निर्माण व्यवसायी महासंघका आमन्त्रित केन्द्रिय सदस्य प्रेम प्रकाश लगायतका सहभागी भएका छन् ।

गाउँपालिका अध्यक्ष रानाले इन्जिनियर अवस्थीलाई यस अघि जिम्मेवारी विहीन बनाएका थिए । इन्जिनियर कुटपिटमा संलग्न ठेकेदार अध्यक्ष रानाका आफन्त हुन् । काठमाडौंमा बस्दै आएका उनी राना अध्यक्ष भएपछि ठेक्कापट्टाका लागि गाउँपालिका आएका हुन् । गाउँपालिकाका अधिकाँश ठेक्का रानालाई दिइएको कार्यालय स्रोत बताउँछन् ।

गाउँपालिका अध्यक्ष रानाले भने इन्जिनियर अवस्थीमाथि कुटपिट दुःखद भएको र छलफल गरी हल खोजिएको बताए । उनले कुटपिटपछि दुबैलाई बोलाएर छलफल गर्ने बताएका थिए । गाउँपालिका उपाध्यक्ष सपना राना र प्रमुख प्रशासकीय अधिकृत सार्कीले ठेकेदारलाई कार्यालयमा बोलाएर छलफल गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...