ghar sansar

निर्माण व्यवसायी संघको हाजिरी जवाफ प्रतियोगिातमा जिल्लाभरका ४४ विद्यालय सहभागी, शुक्लाफाँटाको राष्ट्रिय मावि प्रथम

महेन्द्रनगर । १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा बुधवार आयोजित जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा भीमदत्त नगरपालिकाको लक्ष्मी माध्यमिक विद्यालय बागफाँटा द्वितीय, बैजनाथ माध्यमिक विद्यालय तृतीय र सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साह सान्तवना स्थान हासिल गरेका छन् ।

कञ्चनपुर निर्मँण व्यवसायी संघले निङ्गलाशैनी माध्यमिक विद्यालयमा गरेको प्रतियोगितामा जिल्लाभरका ४४ विद्यालय सहभागी भएका छन् । प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीलाई सहभागी गराइएको थियो । संघले मंसिर २२ गते विभिन्न कार्यक्रम गरी निर्माण दिवस मनाउँदैछ ।

प्रतियोगितामा प्रथम हुने राष्ट्रिय माविबाट हिमाल पाण्डेय, विवेक भण्डारी र ईश्वरी जोशी सहभागी थिए । उनीहरुमध्ये जोशी कक्षा ९ र अन्य दुई जना कक्षा १० का हुन् ।

संघका अध्यक्ष निरञ्जनप्रसाद भट्टले प्रथम हुने टीमलाई निर्माण दिवसका दिन नगद २१ हजार १ सय ११, द्वितीयलाई १५ हजार १ सय ११ रुपैया, तृतीयलाई ११ हजार १ सय ११ र चौथोलाई ५ हजार १ सय ११ रुपैया पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।

Himal dental
सम्बन्धित
Loading...