महेन्द्रनगर । कञ्चनपुर प्रहरीले अवैध सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका–६ बनगाउँबाट भन्सार छलीको सामान बरामद गरेको हो ।
भारतबाट भन्सार छली ल्याएको करिब १ लाख ६४ हजार ५२९ मुल्य बराबरका चिनि, मिश्री, पेठा, बिडी, सुपारी, बिस्कुट, चकलेट लगायतका सामान बरामद गरेको हो ।
बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।