ghar sansar

देशकै शान बने बैजनाथका सेजुवाल

६ देशका खेलाडीलाई हराउँदै जिते स्वर्ण, ६ लाख पुरस्कार दिने सरकारको घोषणा

dirghayu ad

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालयका आकाश सेजुवालले काठमाडौंमा आयोजित सातौं साउथ एसियन कराँते प्रतियोगितामा स्वर्ण पद जितेका छन् ।

मंसिर १६ र १७ गते सम्पन्न प्रतियोगिताको ५० किलो तौल समूहका बैजनाथका सेजुवालले स्वर्ण पदक जितेर प्रथम स्थान हासिल गरेका हुन् ।

western public academy

भीमदत्त नगरपालिका १ का सेजुवाल बैजनाथमा कक्षा १० मा अध्ययनरत छन् । प्रतियोगितामा ६ देशका खेलाडीलाई पराजित गरेका सेजुवाललाई सरकारले ६ लाख पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतियोगितामा भीमदत्त नगरपालिका ६ की सोनु तिरुवाले रजत पदक जितेकी छन् । बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्यूतराज कलौनीले सेजुवाललाई बधाई दिएका छन् ।

‘यस विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र आकाश सेजवालले मंसिर १६ र १७ गते काठमाडौंमा सम्पन्न भएको सातौं साउथ एसियन कराँते प्रतियोगितामा ५० किलो तौल समुहमा प्रथम स्थान हासिल गरी स्वर्ण पदक सङ्गै नेपाल सरकारबाट ६ लाख समेत प्रदान गरिने भएकोले विद्यालयको तर्फबाट हार्दिक बधाई एबम् उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं’ अध्यक्ष कलौनीले भनेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...