धनगढी विमानस्थल गएर बिपीनका आमा बुवाले भेटे प्रधानमन्त्रीलाई , भने– रिहाईका लागि पहल गरि दिनु पर्यो

महेन्द्रनगर । विमानस्थलमा ओर्लिंदा प्रधानमन्त्री प्रचण्डले हमास समूहको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका विपिन जोशीका बुबाआमालाई भेटेका छन् ।

विमानस्थलमा बोलाएर भएको भेटमा विपिनका बुवाआमाले छोराको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् ।

विपिनका बुवा महानन्द जोशी र आमा पदमा जोशीले छोराको रिहाइका लागि पहल गर्न माग गरेका छन् । प्रधजवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सरकारले सकारात्मक पहल गरिरहेको बताएका छन् ।

धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला उद्घाटनका लागि धनगढी आएका प्रधानमन्त्री प्रचण्डदलाई भेट्न उनीहरु विहान गएका हुन् ।

सम्बन्धित
Loading...