ब्याडमिन्टनका दिपेश धामी, जसले नेशनल च्याम्पियनको खुसीमा अनाथालयलाई सुुरु गरेको सहयोग आमाको सम्झनामा दिँदै छन् निरन्तरता

महेन्द्रनगर । अमेरिका गएका ब्याडमिन्टनका नेशनल च्याम्पियन दिपेश धामीले अनाथ बालबालिकालाई खेल पोशाक सहयोग गरेका छन् । दिपेशले चार वर्षदेखि महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई ट्रयाक सुट सहयोग गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिएका हुन् ।

चार वर्ष अघि २०७६ मा नेशनल च्याम्पियन भएपछि उनले खुसी भएर पहिलो पटक अनाथ बालबालिकालाई खेल खेल्न प्रोत्साहनका लागि पोशाक सहयोग गरेका हुन् । त्यसको ठिक एक वर्षपछि उनकी आमा झुपादेवी धामीको निधन भएपछि आमाको स्मृतिमा पोशाक वितरणलाई निरन्तरता दिएका छन् ।

यस वर्षका लागि शनिबार उनका बुवा हरक सिंह धामीले अनाथलयका सबै बालबालिकालाई ट्रयाकसुट उपलब्ध गराएका हुन् । दुई वर्ष अघि दिपेश अमेरिका गएपछि उनका बुवा हरक सिंहले ट्रयाक सुट वितरण गर्दै आएका छन् ।

‘दिपेश अहिले नेपालमा छैन, विदेश गएको छ, २०७६ मा नेशनल च्याम्पियन भएपछि खुसीयालीमा ट्रयाकसुट वितरण गरेको थियो, त्यसको ठिक एक वर्षपछि दिपेशको आमाको निधन भयो, त्यसपछि आमाको स्मृति वितरण गर्न थालिएको हो, दिपेश च्याम्पियन त २०६६÷०६७ मा भई सकेको थियो’ शनिबार अनाथालयमा पोशाक वितरण कार्यक्रममा उनले भने,‘खेल क्षेत्रमा आउने अनाथ बालबालिकालाई केही प्रोत्साहन होस, हौसला होस भनेर ट्रयाकसुट सहयोग गरिएको हो ।’

दुई वर्ष अघि अमेरिका गएका धामी अहिले न्यूयोर्कस्थित ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षक छन् । भीमदत्त नगरपालिका ६ ऐठपुरका दिपेशले सानैदेखि ब्याडमिन्टन खेलेर नेपाल च्याम्पियन भएका छन् ।

दिपेशले अहिले पनि सबैभन्दा बढी अंक सहित सहित च्याम्पियनको रेकर्ड कायम नै  राखेका छन् । उनी अहिलेसम्म ¥यान्किङ्गमा नेपाल नम्बर वान हुन् । 

पहिलो पटक ट्रयाकसुट वितरण गर्दा दिपेशले अनाथ बालबालिकालाई सबै खेलमा सहयोग गर्ने घोषणा गरेका थिए । अहिलेसम्म अनाथालयबाट बालबालिका खेलका लागि तयार नदेखिएकाले सहयोग गर्न नसकिएको उनका बुवा धामीले बताए ।

‘यो ट्रयाकसुट वितरणपछि त्यति बेला दिपेशले जसले जे खेल पनि पोशाक सहित खेल सामाग्री सहयोग गर्ने घोषणा गरेको थियो, अहिलेसम्म कोही नआएकाले त्यो सहयोग गर्न सकिएको छैन’ उनले भने,‘ट्रयाकसुटलाई बर्सेनी सहयोग गरी निरन्तरता दिँदै आएको छ ।’

दिपेशका बुवा धामी आफैं पनि भलिबलका खेलाडी हुन् । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष उनी अनाथ बालबालिकालाई ट्रयाक सुट सहयोग कार्यक्रमलाई आफ्नो परिवारले निरन्तरता दिने बताउँछन् । त्यसका लागि उनी जेठा छोरा दुर्गेशलाई अहिलेसम्मका सबै कार्यक्रम आफूसंगै सहभागी गराउँदै आएका छन् ।

‘यो सहयोगलाई मेरा घर परिवारले हरेक वर्ष वितरढा गर्दै जानेछ, मैले त्यो जेठो छोरा दुर्गेशलाई पनि संगै लिएर आएको छु’ उनले भने,‘म त ६० वर्षको भए, छोराले पनि सिकोस, निरन्तरता दिन सकोस भनेर संगै लिएर आउने गर्छु ।’

धामीका तीन सन्तानमध्ये जेठा दुर्गेश सरकारी जागिरे छन् । छोरी विवाह भइ सकेको छ । नेपाल टेलिकमबाट अवकाश पाएपछि २०७४ मा स्थानीय तह निर्वाचन लडेर भीनपा ६ को वडा अध्यक्ष निर्वाचित भएका धामी अहिले एकीकृत समाजवादीको जिल्ला पदाधिकारी छन् ।

ट्रयाक सुट वितरण कार्यक्रममा सुदूरपश्चिम खेलकूद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंह, नेपाली महिला भलिबल टीमका राष्ट्रिय प्रशिक्षक जगदीश भट्ट, नेपालरुी भलिबल टीमका क्याप्टेन भरत शाह, ब्याडमिन्टन संघका अध्यक्ष मिनराज भट्ट, प्याब्सन सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, समाजसेवी लिलाध्वज वस्नेत लगायतका सहभागी भएका छन् ।

दिपेशका बुवा धामीले परिषद्का सदस्य सचिव सहित खेल खेल क्षेत्रका हस्तीको उपस्थितिमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

‘यतिको उपस्थिति होला भनेर सोचेको थिइन्, सदस्य सचिव हुनु हुन्छ, जगदीश गुुरु हुनु हुन्छ, भरत शाह १८ वर्षदेखि टीम क्याप्टेन हुनु छ, यहाँ अरु पनि हुनु हुन्छ’ उनले भने,‘ म निकै खुसी छु, दिपेशलाई काखीमा राखेर ब्याडमिन्टन सिकाउने गोविन्द स्वाँर हुनु हुन्छ, वहाँ बाहिर हुनु हुन्छ ।’

अनाथलायका उपाध्यक्ष हिरा चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा उनले फुटलब खेल्ने बालबालिकालाई पोशाक सहित खेल सामाग्री र अनाथलका अक्षयकोषमा २५ हजार सहयोग गर्ने बताए ।

सुदूरपश्चिम खेलकूद परिषद्का सदस्य सचिव सिहले आफू अकस्मात कार्यक्रममा सहभागी हुन पाउनु आफ्ना लागि अवसर भएको बताए । उनले राज्यले काम व्यक्तिले गरेको भन्दै धामी परिवारको प्रशंसा गरे । ‘मेरा लागि आजको दिन महत्वपूर्ण रह्यो, यो मैले अवसरका रुपमा लिएको छु’ उनले भने,‘यो राज्यले गर्ने काम हो, व्यक्तिले गरि रहेका छौ ।’

अनाथालयका बालबालिकालाई उनले सबैले सहयोग गर्न पर्ने आवश्यकता भएको उल्लेख गर्दैै खेल खेल्ने चाहने सबै बालबालिकालाई सुदूरपश्चिम खेलकूद परिषद्ले सहयोग गर्ने बताए । उनले फुटलबका महान खेलाडी पेलेको नाम लिँदै अनाथ बालबालिकालाई सधैं बलियो भएर अघि बढ्न सुझाव दिए ।

नेपाली महिला भलिबल टीमका प्रशिक्षक भट्टले विद्यार्थीले पठनपाठनलाई पहिलो र खेलकूदलाई दोस्रो प्राथमिकता दिनु सुझाव दिए । अनाथालयमा ४÷५ जना भलिबल खेल्न भलिबल प्रशिक्षण केन्द्रमा जाने गरेको उनले बताए ।

नेपाली भलिबल टीमका क्याप्टेन शाहले ब्याडमिन्टका धामीले सहयोग गरेझैं सबैले सहयोग गर्न पर्नेमा जोड दिए । २०४९ मा स्थापना गरिएको अनाथालयमा हाल २५ जना बालबालिका छन् । अनाथालयका उपाध्यक्ष चन्दले धामीले खुसीयालीका साथ सुरु गरेको सहयोग अहिले आमा स्मृतिमा आएर निरन्तरता हुँदै आएकोमा खुसी व्यक्त गरे ।

‘परिवारले यो सहयोगलाई पूण्यका रुपमा अघि बढाएर निरन्तरता दिएको छ, खुसीयालीको रुपमा अघि बढेको सहयोग अहिले स्मृतिमा निरन्तरता दिइएको छ’ उनले भने,‘कतिपय सहयोग घोषणा हुन्छन्, त्यसपछि हराउँछन्, निरन्तरता पाउँदैन ।’
अनाथालय सञ्चालन गर्न आर्थिक कठिनाईको सामना गरि रहेको उपाध्यक्ष चन्दले बताए । ‘दानदातव्यमा यो अनाथालय सञ्चालन गरि रहेका छौ, यसको विधान पनि छ, त्यस अनुसार समिति छ, सरकारलाई जिम्मेवारी लिइ दिनु प¥यो भन्दैछौ’ उनले भने,‘समाज कल्याण सहयोग गर्दैन, प्रदेश सरकार गर्दैन, स्थानीय सरकार गर्दैन, अनि तपाई भगवानरुपी सहयोगीको साथले मात्रै यो सञ्चालन गरिएको छ ।’

अनाथालयका सदस्य राकेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा बालबालिकालाई मिठाई सहित नास्ता पनि वितरण गरिएको छ ।

भीमदत्त नगरपालिका ६ ऐठपुरका स्वर्गिय मदन बहादुर चन्दले २०४९ मा अनाथालय स्थापना गरेका हुन् । २०६१ सम्म सरकारले सञ्चालन गर्दै दिँदै आएकोमा त्यसपछि कटौती गरिएको थियो ।

 

Sisu
सम्बन्धित
Loading...