ब्याडमिन्टन संघका अध्यक्ष भट्टले लिए अनाथालयको सदस्यता

महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष मीन राज भट्टले समाज कल्याण बाल अनाथालयको सदस्यता लिएका छन् ।

शनिबार ब्याडमिन्टनका नेनशल च्याम्पियन दिपेश धामीको सहयोग वितरण कार्यक्रममा सहभागी अध्यक्ष भट्टले अनाथालयको आजीवन सदस्यता लिएका हुन् ।

अनाथालका उपाध्यक्ष हिरा चन्दको उपस्थितिमा समाजसेवी लिलाध्वज वस्नेतले भट्टलाई सदस्यता हस्तान्तरण गरेको सदस्य राकेश बहादुर चन्दले बताए । भट्टले अनाथ बालबालिकालाई खेलकुदमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

Sisu
सम्बन्धित
Loading...