जनजागरण कृषि सहकारी संस्थाको ११ औं साधारण सभा सम्पन्न

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको जनजागरण कृषि सहकारी संस्थाको ११ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथिमा वडा अध्यक्ष चक्र बहादुर खडका थिए ।

साधारण सभामा मन्तव्य रादै वडा अध्यक्ष खड्काले सहकारीको बृहत्तर विकासका लागि सबैको सहयोग, सल्लाह, सुझावका साथ अघि बढ्ने बताए ।

उनले सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्न वडाका तर्फबाट व्यवसायिक कृषिका लागि आवश्यक बजेट विनियोजन गरिने बताए । सहकारीको भवन निर्माणका लागि कुन निकायबाट सहयोग प्राप्त गर्न सकिन्छ, त्यसका लागि सक्दो पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गरे ।

सहकारीका संस्थापक अध्यक्ष कृष्णदत्त बागले सहकारीमा आवद्ध सदस्यहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए । उनले विगतलाई स्मरण गर्दै किसानको खेतमा पुगेर माटो परीक्षण गरी कुन बाली लगाउन उपयुक्त हुन्छ भनेर किसानलाई सल्लाह, सुझाव दिईएको बताए ।

कृषिले अर्थतन्त्रलाई उकास्ने भएकाले सहकारीका माध्यमबाट किसानलाई व्यवसायीक बनाईनु पर्ने उनको सुझाव थियो ।

सहकारीका लेखा संयोजक भवराज निरौलाले कमजोर अबस्था किसानको अवस्थामा सुधार गर्न, भेटघाट, छलफलका माध्यमबाट नेतृत्व विकास गर्ने र सहयोग गर्ने बानीको विकास गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

सहकारीका सदस्य टंकप्रसाद अवस्थीले आर्थिक विकाससंगै चेतनाको विकासका लागि सहकारीको भूमिका अहम् हुने बताए ।

कृषि विकास बैंक शाखा झलारीका लेखापाल दिपेन्द्रप्रसाद भट्टले व्यवसायीक कृषिमा जानका लागि आधुनिक प्रतिविधिमा जानु पर्ने बताए । उद्घाटन कार्यक्रममा वडा सदस्य जित बहादुर साउद, लक्ष्मी लुहार, सहकारीका पूर्व सचिव शिवराज अवस्थी लगायतले शुभकामना मन्तव्य राखे ।

उद्घाटनमा उत्कृष्ट बचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट ऋणी, जेष्ठ नागरिक बचतकर्ता, उत्कृष्ट कृषक, संस्थापक समितिका पदाधिकारी, सहकारीबाट ऋण लिएर व्यवसायीक कृषि गर्ने किसान लगायतलाई सम्मान गरिएको छ ।

सहकारीका रिक्त रहेका कोषाध्यक्ष पदमा देवराज राज जोशी, सदस्यमा टंकप्रसाद अबस्थी, जयराज अबस्थीलाई चयन गरिएको छ । साधारण सभामा लेखा समितिका संयोजक भवराज निरौलाले आब ०७९÷८० को लेखा प्रतिवेदन पेश गरे ।

सहकारीले उत्पादनशिल क्षेत्रमा ४६ लाख ऋण प्रवाह गरी सदस्यहरुको आयआर्जनमा टेवा पुरयाएको बताए । समयमै रासायनिक मलको आपूर्ति गरी किसानलाई सहज रुपमा सेवा प्रदान गरिएको उनले उल्लेख गरे ।

५० जना सदस्यबाट सञ्चालन गरिएको सहकारीमा हाल चार सय १८ जना सदस्य थपिएका छन । सहकारीको चार लाख ७५ हजार ऋण पूजिँ जोखिमा रहेको उनले जानकारी दिए ।

उनका अनुसार सहकारीको शुद्ध नाफा तीन लाख ५७ हजार २२२, मल बिक्रीबाट भएको नाफा एक लाख ५५ हजार ५३५ रहेको छ ।

सहकारीले मलको मात्रै १७ लाख ४९ हजार ९६५ को कारोबार गरेको छ । साधारण सभाको सभापतित्व सहकारीका अध्यक्ष नैन सिंह बोहराले गरे । कार्यक्रम सञ्चालन सहकारीका सचिव नरेन्द्रप्रसाद भट्टले गरेका थिए ।

 

Sisu
सम्बन्धित
Loading...