ghar sansar

जय शंकर सामुदायिक वनको १० औ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ दैजीस्थित जय शंकर सामुदायिक वन उपभोक्ता समूहको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट समूहको पाँच वर्षे नयाँ कार्य योजना पारित गरिएको छ ।

बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष मोहन गुरुधामीले साधा।ण सभा उद्घाटन गरे । समूहका अध्यक्ष लक्ष्मीदत्त पन्तको अध्यक्षतामा गरिएको कार्यक्रममा उपाध्यक्ष सीता बोहराले स्वागत मन्तव्य राखेकी थिइन् ।

ratnam malkhad

समितिका सदस्य राकेश बहादर चन्दले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष , सहकारी सस्थाका अध्यक्ष , ब्रह्म्देव सब डिभिजन वनका प्रतिनिधि सहभागी भएका छन् । वन समूहमा २ सय ६६ घरधुरी उपभोक्ता छन् ।

Himal dental
सम्बन्धित
Loading...