
महेन्द्रनगर । संयुक्त अरब इमिरेट्स(युएई) को अल एनमा हुने २५ औं एसियन युथ चेस चेम्पियनशिप २०२३ मा प्रतिस्पर्धा गर्न नेपालका हार्दिक पन्त प्रस्थान गरेका छन् । शुक्लाफाँटा नगरपालिका ५ का ९ वर्षिय पन्त चेम्पियनशिल यु १० मा प्रतिस्पर्धाका लागि युइई प्रस्थान गरेका हुन् ।
युएईकमा डिसेम्बर १२ देखि २२ सम्म चेम्पियशिन आयोजना गरिएको छ । नेपाल बुद्धिचाल संघका कोषाध्यक्ष तारा रानाभाटले पन्तलाई प्रतिस्पर्धाका लागि युएई लगेका छन् । ९वर्षका पन्त आफना घर परिवारका सदस्य विना पहिलो पटक विदेश उडेका छन् ।
पन्त युवा नेता माधव पन्तका छोरा हुन् । नेकपा एकीकृत समाजवादीका नेता उनी अहिले विदेश भ्रमणमा छन् । उनकी आमा दुर्गा अध्ययका लागि चीनमा छिन । विदेशमा रहेका पन्तले खेल प्रतिस्पर्धाका लागि विदेश प्रस्थान गर्वको विषय भएको उल्लेख हार्दिकलाई मिहिनेत, धैर्यता, इमान्दार र अनुशासित भएर खेल्न सुझाव दिएका छन् । उनले हार्दिक गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘९ वर्षको उमेरमा आमावुवा र घर परिवारका सदस्य विना पहिलो पटक विदेश यात्रा गर्दैछौं । देशको प्रतिनिधित्व गर्दैछौ हामी खुसी छौ तर हामीलाई संगै यात्रा गर्नु पर्ने महसुस भइरहेको छ । अलि मन बहकिँदो रहेछ । यद्यपि खेलप्रतिको उत्साह र लगावले होला तिम्रो यात्रा र इच्छाशक्तिमा कुनै अभाव देखिदैन ।मिस यु अलट छोरा ।हामी चाडै भेट्नेछौं’ फेसबुकमा पन्तले भनेका छन् ।
नेपाल बुद्धिचाल संघ र हार्दिकले अध्ययन गर्ने विद्यालय पुष्पसदन माध्यमिक विद्यालय किर्तिपुरलाई धन्यवाद दिएका छन् । उनी कक्षा ४ मा अध्ययनरत छन् । विद्यालयले उनलाई खेलप्रति रूची जगाएको पन्तले बताएका छन् । उनी दुई वर्षदेखि बुद्धिचाल खेल्दै छन् ।
