ghar sansar

स्वास्थ्य विज्ञान विश्वविद्यालय विरुद्ध अनशन बस्ने भन्दै गेटा आए डा. केसी, संघर्ष समितिसित विवादपछि फर्किए

khasi

महेन्द्रनगर । चिकिस्ता सुधारका अभियान कर्ता डा .गोबिन्द केसी अनशन नबसेर नै फर्किएका छन् । काठमाडौमा पत्रकार सम्मेलन गरेर कैलालीको गेटा मा अनसन बस्ने घोषणा गरेर शुक्रबार आज गेटा पुगेका थिए । अबेर राती गेटा मेडिकल कलेज पुगेका केसी गेटमा स्थानीय संघर्ष समितिका पदाधिकारीसंग विवाद गरेर बाहिरिएका छन् ।

केसी यहाँ आएको थाहा पाएपछि गेटामा चिकित्सा बिश्वबिद्धालय को माग गर्दै लामो समय देखि आन्दोलनरत संघर्ष समितिका पदाधिकारी गेटा पुगेका थिए । त्यसपछि केही बेर संघर्ष समितिका पदाधिकारी देखेपछि डा. केसी झोक्किएका थिए ।

dirghayi clinic

संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले भने, ’डा केसी आउन लागेको थाहा पाएपछि हामी पनि यहाँ आएका थियौं । के रहेछ भनेर बुझ्न खोज्यौ तर उहाँ आक्रामक शैलीमा हामी माथि खनिनु भयो । हामीलाई प्रहरी बोलाएको समेत आरोप लगाउनु भयो । तर हामी उहाँ को ब्यबस्थापन गर्न आएका थियौं।

संयोजक पाण्डेले डा. केसी यहाँका जनताको माग विपरित आएको हुन सक्ने आशंका गरे। समितिका अर्का सदस्य आनन्द भट्टले डा.केसीमाथि आफुहरुको कुनै आक्रोश नभएको तर उनी उल्टै आबेगमा आएको बताए ।

केसीले काठमाडौमा पत्रकार सम्मेलन गरेर गेटामा शीघ्र स्वास्थ विज्ञान प्रतिष्ठानको काम अगाडि बढाउनु पर्ने बताएका थिए ।

उनको माग प्रती स्थानीय संघर्ष समितिले असहमति जनाएको छ । गेटा मा प्रतिस्ठान नभएर चिकित्सा बिश्वबिद्धालय हुनुपर्ने स्थानीयको चाहाना रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...