ghar sansar

शुक्लाफाँटामा हात्तीपाईले तथा हाइड्रोशिल रोग सम्बन्धी स्क्रिनिङ्ग क्याम्प सञ्चालन

महेन्द्रनगर । राष्ट्रिय हात्तिपाईले कार्यक्रम अन्र्तगत शुक्लाफाँटा नगरपालिका ११ स्थीत आधारभूत स्वास्थ्य केन्द्र दीपनगरमा शुक्रवार हात्तिपाईले तथा हाइड्रोशिल रोग सम्बन्धी स्क्रनिङ क्याम्पको आयोजना गरियो ।

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आयोजनामा सञ्चालन गरिएको स्क्रनिङ क्याम्पको वडा अध्यक्ष शेर बहादुर साउदको उपस्थीतिमा सञ्चालन गरिएको छ । क्याम्पमा उपचारका लागि पुगेका विरामीहरुलाई स्क्रनिङ गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाईने भएको छ ।

अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दिपेन्द्र सिंह रावलका अनुसार स्क्रनिङ गरिएका १० जना विरामीको महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ ।

स्क्रनिङ क्याम्प जिल्लाका १० स्थानमा सञ्चालन गरिने छ । हात्तिपाईले रोग सन् २०३० सम्म निवारण गर्ने लक्ष्य अनुरुप कार्यक्रम अगाडी बढाईएको उनको भनाई रहेको छ ।

सोही लक्ष्य अनुसार प्रदेश सरकारबाट स्वीकृत बजेटको परिधि भित्र रही एमएमडीपि कार्यक्रम सञ्चालन गरी गाउँबस्तीमा रहेका हात्तिपाईले तथा हाइड्रोशिल विरामीको स्क्रनिङको कार्य भैरहेको छ ।

उहाँले आम जनसुमदायलाई स्क्रनिङ क्याम्पमा सहभागीभै रोगको पहिचान गरी समयमै उपचार गराउन अनुरोध गर्नुृ भएको छ । क्याम्पमा डा टेकराज जोशीले विरामीको स्क्रनिङ गर्नु भएको छ ।

क्याम्प सञ्चालनमा वडा सदस्य जय बहादुर राना, आधारभूत स्वास्थ्य चौकीका प्रमुख कृष्णराज जोशी, सिह अहेव केशर सिंह बोहरा लगायतले सहयोग गरे ।

Himal dental
सम्बन्धित
Loading...