ghar sansar

दोधारा चाँदनीमा उप मेयर कोटाको नगर उप प्रमुख छात्रा रनिङ्ग भलिबल प्रतियोगिता हुँदै

dirghayu ad

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी उच्च माबिको खेल मैदानमा भोलीबाट नगर उपप्रमुख छात्रा रनिङ्ग भलिवल प्रतियोगिता संचालन हुने भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा देबी जोशीको योजना तथा कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका सामुदायिक तथा संस्थागत बिद्यालयका माध्यमिक तहका छात्राहरुलाई समेटेर छात्रा भलिवल रनिङ्ग प्रतियोगिता संचालन गर्न लागिएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष दिवान चन्दले बताएका छन् ।

ratnam malkhad

भोली हुने भनिएको प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत गरि ११ बिद्यालयका माध्यमिक तहका बिद्यालय सहभागी हुने छ् ।

लक्ष्मी उच्च माबिको खेलमैदानमा नगर खेलकुद बिकास समिति दोधारा चाँदनीको बैठकले भोलीको नगर उपप्रमुख छात्रा भलिवल प्रतियोगिताको लागि सम्पुर्ण तायरी पूरा भएको जानकारी दिएको छ । बिद्यालयमा अध्यनरत छात्राहरुलाई समेत खेल प्रति आकर्षण बढाउन प्रतियोगिता संचालन गर्न लागिएको बताईएको छ्।

Himal dental
सम्बन्धित
Loading...