ghar sansar

भारतबाट ललाईफकाई ल्याएर जिमुवामा लुकाई राखेकी बालिकाको उद्धार, परिवारलाई बुझाउन रिडसलाई जिम्मा

Amity

पप्पु गुुरुङ्ग
महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले एक भारतीय बालिकाको भीमदत्त नगरपालिका १० जिमुवा बाट उद्धार गरेको छ । भारतको पिथौरागढ जिल्ला, मजिर काँडा गांउ , उत्तराखण्डकी अन्दाजी १५ की सोनाली कुमारी (नाम परिवर्तन) को उद्धार गरिएको छ ।

सोनाली एक हप्ता अघि घरबाट एक्कासी बेपत्ता भएका थिईन । सोनालीका अभिभावकले छरछिमेक, आफन्त, नातेदार तथा सम्भावित सबै स्थानमा खोजी गर्दा पनि नभेटेपछि स्थानीय प्रहरी र बिभिन्न संघ–संस्थाहरुमा खोजतलासका लागि निबेदन दिएका थिए ।

lotus institite

सिमावर्ती भारतीय शहर पिथौरागढमा थुप्रै नेपालीहरु काम गर्ने भएकाले सोनालीलाई नेपाल पनि ल्याईएको हुन सक्ने आशंकामा भारतीय प्रहरी र संघ–संस्थाले खोजतलासमा सहयोगका लागि माईती नेपाल कञ्चनपुरलाई आग्रह गरिएको थियो ।

माईती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्रबाट सूचना संकलन र प्रमाणीकरण गरेपछि जिल्ला प्रहरी कार्यालयसितको समन्वय र सहकार्यमा भीनपा– १० जिमुवाको एक जना टमाटा थरका ब्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरेको छ ।

सोनालीलाई पिथौरागढको होटलमा काम गर्ने लक्ष्मण टमाटाले ललाईफकाई जिमुवा बस्ने आफ्नो ठुलो बुवाको घरमा लुकाई राखेको थियो ।

उद्धारपछि बालिकालाई पारिवारिक पुनर्मिलनका लागि मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत भारतीय संस्था रिड्सको जिम्मा लगाई पठाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।

Himal dental
सम्बन्धित
Loading...