ghar sansar

दुई वर्ष नपुग्दै मन्त्र हस्पिटललाई एक सय बेडको बनाउने तयारी

little buddha academy
khasi

महेन्द्रनगर । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरले शैय्या बढाउने तयारी थालेको छ । झण्डै दुई वर्ष अघि महेन्द्रनगरस्थित ट्राफिक चोक नजिक १५ शैय्याको हस्पिटललाई एक सय शै्ययाको बनाउने प्रक्रिया थालिएको हो ।

मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का निर्देशक डा. गोविन्द रोकायाले अस्पतालको शैय्या बढाउने प्रक्रिया थालिएको बताए । ‘अहिले अस्पताल १५ शैय्याको अस्पताल सञ्चालनमा छ, यसलाई बढाएर एक सय शैय्याको पुगाउने प्रक्रिया थालेका छौ’ निर्देशक रोकायाले भने,‘निकट भविष्यमा एक सय शै्ययाको अस्पताल सञ्चालन गर्नेछौ ।’

,orning glory badhai

सुदूरपश्चिम प्रदेश सरकारले एक सय शैय्या अस्पतालको सञ्चालनका लागि अनुमति दिने प्रावधान छ । १५ बेडको अनुमति स्वास्थ्य कार्यालयले दिने गर्छ । एक सय शैय्याको अस्पताल बनाउन चाहिने आवश्यक पूर्वाधार जनशक्ति व्यवस्था लगायतका तयारी अघि बढाइएको छ ।

dirghayi clinic

अहिले अस्पतालले विशेषज्ञ जनशक्ति सहित सेवा प्रदान गर्दै आएको निर्देशक रोकायाले बताए । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सस्तो र सुलभ रुपमा सेवा प्रदान गरिएको उनको भनाई छ । १२ करोड बढी लगानीमा २०७८ फागुनदेखि अस्पताल सञ्चालन गरिएको थियो ।

अहिले अस्पतालमा दैनिक ६०–७० जनासम्म विरामी उपचार गराउँदै आएका छन् । ‘पहिला जसरी स्वास्थ्य सेवा लिन जिल्ला बाहिर, भारत लगायतका सहरमा जानु पर्ने बाध्यता केही कम भएको छ’ उनले भने ।

२४ घण्टा आकस्मिक उपचार कक्ष सञ्चालन हुने अस्पतालमा फिजिसियन, रेडियोलोजी, हड्डी तथा नशा सम्बन्धी, शल्यक्रिया, स्त्री रोग, बाल रोग, नाक कान घाँटी, अल्ट्रासाउड, एसीजी, ल्याब सेवा, एनेस्थेसिया, सिटी स्क्यान लगायतका सेवा उपलब्ध छन् ।

विशेषज्ञ सेवालाई अझै विस्तार गरी अघि बढ्ने योजना बनाइएको निर्देशक रोकायाले बताए ।

Himal dental
सम्बन्धित
Loading...