ghar sansar

प्रधानमन्त्री कप खेल्न सुदूरपश्चिमको टोली प्रस्थान, होली फेमलीको खेल मैदानमा गरियो विदाई

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली मंगलबार प्रस्थान भएको छ । भीमदत्त नगरपालिका १० जिमुवास्थित होली फेमली विद्यालयको खेल मैदानमा कार्यक्रम गरी टोलीलाई विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र साउद,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिंह,कञ्चनपुर जिल्ला क्रिकेट संघका सल्लाहकार तथा होली फेमली स्कुलका संस्थापक भुपाल विष्ट लगायतले खेलडीलाई उत्कृष्ठ प्रदर्शनको शुभकामना दिँदै विदाई गरेका छन् ।

,orning glory badhai

रितु कनौजियाको कप्तानीको रहेको टोलीमा बिन्दु रावल उप कप्तान सहित जानकी थापा, रूबि पोद्दार,लक्ष्मी साउँद,मनिषा चौधरी,ईश्वरी विष्ट,रेवती धामी,राधिका पुजारा,सावित्री धामी,कविता जोशी,सम्झना खड्का,शोभा रोकाया र अनु कडायत सहभागी छन् ।

सुदूरपश्चिमको टोलीले एपीएफ क्लबसंग पुस ५ गते काठमाडौंको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल खेल्नेछ । टोलीका कप्तान कनौजियाले उत्कृष्ठ प्रदर्शन गरी च्याम्पियन बन्ने लक्ष्य लिइएको बताइन् ।

dirghayi clinic

प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफ सहभागी भएका छन् ।

कञ्चनपुर क्रिकेट एकेडेमीका सल्लाहकार तथा होली फेमली मा.वि.का चेयरमेन भुपाल सिह विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा क्रिकेट संघका धिरेन्द्र साउँद प्रमुख अतिथि थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेश सिह, क्रिकेटका राष्ट्रिय एम्बायर हेमराज जोशी, डोटी क्रिकेट संघका उपाध्यक्ष राजु घले, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका महिला सदस्य माया रावत, प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेब प्रसाद भट्ट विशिष्ठ अतिथि थिए । होली फेमली क्रिकेट एकेडेमीका सह सचिव हरि सिंह ठगुन्नाले कार्यक्रम सञ्चालन गरेका थिए । 

कार्यक्रममा सुदूरपश्चिम क्रिकेट छनौट संयोजक विनोद क्षेत्री र सुदूरपश्चिम महिला क्रिकेट प्रमुख प्रशिक्षक जानकी भट्ट लगायतका सहभागी भएका छन् । होली फेमलीको क्रिकेट मैदानमा पुस १ गतेदेखि खेलाडीहरुका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको थियो । बन्द प्रशिक्षणको व्यवस्थापन विद्यालय गरेको हो ।

 

Himal dental
सम्बन्धित
Loading...