ghar sansar

प्रदेश सभापतिको कार्यशैलीमाथि प्रश्न उठाएपछि कञ्चनपुर सभापतिलाई हटाइयो जिम्मेवारीबाट

Amity

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कञ्चनपुर सभापति पदम बहादुर विष्टलाई पदबाट हटाइएको छ । रास्वपाका सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टको कार्यशैलीमाथि विष्टले प्रश्न उठाएपछि उनलाई पदबाट हटाइएको हो ।

विष्टलाई सभापतिबाट हटाएपछि उप सभापति भागरथी बडवाललाई कार्य वाहक सभापतिको जिम्मेवारी दिइएको छ । कञ्चनपुरमा पार्टी र संगठन विस्तारमा प्रदेश सभापति विष्टले हस्तक्षेप गर्न थालेपछि तत्कालिन जिल्ला सभापति विष्टले त्यसको विरोध गरेका थिए ।

lotus institite

प्रदेश सभापति विष्टको कार्यशैलीको विरोध गरेपछि विष्टलाई पदबाट हटाइएको थियो । केही दिन अघि भने प्रदेश सभापति विष्टले जिल्ला सभापतिलाई पदबाट हटाउन गल्ती भएको भन्दै क्षमा मागेका रास्वपाका नेताहरु बताउँछन् ।

रास्वपाले विष्टको नेतृत्वमा कञ्चनपुरमा जिल्ला समिति बनाएको थियो । एमालेमा लामो समयसम्म सक्रिय विष्ट रास्वपा गएर सभापति भएका थिए ।

रास्वपाका तत्कालिन सभापति विष्टले प्रदेश सभापतिको कार्यशैलीको विरोध गरेपछि पदबाट हटाइएको बताए । ‘सबै ठाउँमा हस्तक्षेप भयो, एकलौटी गरियो, मैले हाम्रो जिल्लामा एकलौटी गर्नु हुँदैन भन्दा पदबाट नै हटाइयो’ उनले भने ।
तत्कालिन सभापति विष्टले पदबाट हटाएपछि आफूले रास्वपा नछाडेको र सदस्य भएको बताए । यस अघि सभापति विष्टले रास्वपा छाडेको चर्चा व्यापक भएको थियो ।

विष्टले रास्वपा नेतृत्व लिएपछि जिल्लाभर पार्टी संगठन विस्तार गरेका छन् । सबै स्थानीय तहमा रास्वपाका पालिका कमिटी गठन गरिएका छन् । रास्वपामा सुदूरपश्चिम प्रदेश इन्चार्ज र प्रदेश महामन्त्री कञ्चनपुरका छन् । वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपामा ठूलो संख्यामा काँग्रेस, एमाले र माओवादी केन्द्र छाडेर गएका नेता कार्यकर्ता छन् ।

उनीहरुमध्ये अधिकाँश रास्वपाको जिल्ला र प्रदेशमा पदीय जिम्मेवारीमा छन् ।

Himal dental
सम्बन्धित
Loading...