ghar sansar

मणिलेक माविले भन्यो : शिक्षक पुजारालाई विद्यालयले होइन, आफैंले पढाउन छाडेका हुन्

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका काँडास्थित मणिलेक माध्यमिक विद्यालयले रसायन शास्त्र(केमिस्ट्री) पढाउने शिक्षक राज सिह पुजारालाई विद्यालयले नभएर आफैंले छाडेको दावी गरेको छ । विद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले बुधबार विज्ञप्ति सार्वजनिक गरी शिक्षक पुजारालाई पढाउनका लागि पटकपटक अनुरोध गर्दा पनि वेवास्ता गरेपछि नयाँ शिक्षक नियुक्ति प्रक्रिया थालिएको बताएका हुन् ।

विद्यालयका प्रधानाध्यपापक कलौनीले पुजारालाई व्यक्तिगत रिसिइबी साँधेर पढाउन नदिएपछि विद्यालयमा तीन महिनादेखि केमिस्ट्री पठनपाठन बन्द भएको समाचार इविकल्प दैनिकमा प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि प्रधानाध्यापक कलौनीले पुजारा आफैंले छाडेको सार्वजनिक गरेका छन् ।

विद्यालयमा विज्ञान विषय सुरु भएपछि रसायन शास्त्र पढाउन थालेका शिक्षक पुजारालाई गत असोज पहिलो साता हटाइएको थियो । विद्यालयका निमावि तहका शिक्षक पुजाराले आफूले पढाउन पटक पटक अनुरोध गर्दा पनि नदिएको बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...