ghar sansar

विद्यार्थीलाई सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध रिपोर्टिगं केसहरुको लागि विद्यालयमा किशोर किशोरीहरुका लागि “सचेतना अभिबृद्धि कार्यक्रम” बुधबार सम्पन्न भएको छ ।

आफन्त नेपालको आयोजनामा श्री दुर्गा भवानी माध्यमिक बिद्यालय जमुनानगर, कैलालीका कक्षा दशमा अध्ययनरत किशोर किशोरी बिद्यार्थिहरुलाई मानव बेचबिखन र बाल श्रमशोषण बिरुद्ध सचेतना अभिबृद्धि कार्यक्रम गरीएको हो ।

,orning glory badhai

किशोर–किशोरी विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषण लगायतका विषयवस्तुहरूमा सचेत गराई बालश्रम तथा बेचबिखनको जोखिमबाट जोगाउने तथा विद्यार्थीहरूलाई मानव बेचबिखन, ओसारपसार र बाल श्रम शोषणका रिपोर्टिङ संयन्त्र र तत सम्बन्धि संस्थाहरुको बारे जानकारी दिने उद्धेश्यले सचेतना अभिबृद्धि कार्यक्रम गरीएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

dirghayi clinic

कार्यक्रममा बालश्रम, बालश्रमशोषण, स्थानागमन, बालश्रम र स्थानागमनको अन्तर सम्वन्ध, मानव बेचबिखन र ओसारपसार, मानव बेचबिखनका स्वरुप, मानव बेचबिखनका उद्धेश्य, मानव बेचबिखनका कारणहरु, मानव बेचबिखन बिरुद्धका अपराध र सजायको ब्यवस्था, मानव बेचबिखनका परम्परागत प्रबृति र नयाँ प्रबृतिहरु, मानव बेचबिखन कसरी हुन्छ, बालश्रम र मानव बेचबिखनको जोखिम भएमा, जोखिममा परेमा रिपोर्टिंग गर्ने सयन्त्र र ततसम्वन्धी संस्थाहरुको बारेमा जानकारी प्रदान गरिएको थियो ।

त्यसैगरी लैगिंक हिंसा, लैगिंक हिंसाका कारण, महिला बिरुद्ध हुने हिंसा र हिंसाका प्रकार तथा घरेलु हिंसा र घरेलू हिंसा गरेमा हुन सक्ने सजाय लगायतका बिषयबष्तुमा जानकारी प्रदान गरिएको आयोजक संस्था आफन्त नेपालका अधिकृत नेपालीले बताए । कार्यक्रममा कक्षा १० मा अध्ययनरत ४९ जना किशोरकिशोरी बिद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

युनिसेफ नेपाल को आर्थिक सहयोग तथा एटविन संगको सहकार्यमा आफन्त नेपालले सञ्चालन गरिरहेको बाल श्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तरगत कार्यक्रम आयोजना गरिएको हो ।

आफन्त नेपालले बालश्रम शोषण रोकथामः स्थानागमन तथा मानव बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना भिमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र गोदावरी नगरपालिकामा सञ्चालन गरिहेको कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...