ghar sansar

मानव बेचबिखन र बालश्रम शोषण रोकथामका लागि निगरानी समूह गठन

little buddha academy
khasi

महेन्दनगर । मानव बेचबिखन र बालश्रम शोषण रोकथामका लागि बुधबार बिच निगरानी समुह गठन गरिएको छ । आफन्त नेपालको आयोजनामा, गोदावरी नगरपालिका वडा नं. ७ र ८ का समाजसेबी, बुद्धिजिवी, शिक्षक र युवा तथा समुदायका अगुवा महिलाहरुको सहभागितमा गोदावरी नगरपालिका वडा नं. ८ का अध्यक्ष गोबिन्द चौधरी को प्रमुख आथित्व र ७ का अध्यक्ष कलावती साउदको बिशिष्ट आथित्वमा गोदावरी नगरपालिका वडा नं. ८ को सभा हलमा भएको बृहत भेलाले सैपाल युवा क्लवका सचिव रमेश बोगटीको अध्यक्षतामा एघार सदस्सिय निगरानी समुह गठन गरिएको हो ।

समितिको सदस्य सचिवमा दलित महिला नेतृ कमला नेपाली र सदस्यहरुमा क्रमश शिक्षिका पुष्पा बोगटी, महिला स्वयं सेविका पार्वती पाठक, लालि गुराँस आमा समुहका अध्यक्ष शारदा बम, कोपिला आमा समुहका रेखा चौधरी, यातायात ब्यावसायि कृष्ण नेपाली, समाजसेबी द्धय यज्ञ बहादुर बोगटी, दल बहादुर नेपाली, गैसस कर्मी गोपाल बिक र टेकबहादुर सारुमगर सदस्य छन् ।

,orning glory badhai
dirghayi clinic

सामाजिक अगुवाहरुको सहभागितामा ‘मानव बेचबिखन र बालश्रम शोषण सम्वन्धी सवालमा स्थानिय व्यतिmहरुलाई सम्वेदनशील र जिम्मेवार बनाउदै बालश्रम, मानव बेचबिखन तथा ओसारपसारको रोकथामकालागि प्रारम्भीक पहिचान, अवस्था अनुगमन र पुर्व सुचना सम्प्रेषण गर्ने उद्धेश्यले निगरानी समूह गठन गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) र आफन्त नेपालको साझेदारीमा सञ्चालित बालश्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण पारियोजना अन्तरगत निगरानी समुह गठन गरिएको हो ।

श्रम शोषण सम्बन्धी बेचबिखन समस्याहरूलाई रोक्न र सम्बोधनगर्न स्थानीय स्तरमा निगरानी समुह सक्रिय हुदै स्थानिय स्तरमा मानवबेचबिखन, बालश्रम शोषण र स्थानागमनको रोकथाम लगायतका बिषयहरुमा समुदायका व्यतिmहरु सचेत हुदै समुदाय स्तरमै बालश्रम तथा बेचबिखनका घटना रोकिने बिश्वास संस्थाले लिएको कार्यक्रम अधिकृत बिर बहादुर नेपाली ले बताए ।

Himal dental
सम्बन्धित
Loading...