नगर प्रहरीले अनावश्यक दुःख दिएको भन्दै भीमदत्त नगरपालिका कार्यालयमा लगेर फालियो तरकारी

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रहरीले अनावश्यक दुःख दिएको भन्दै तरकारी व्यवसायीले नगरपालिका कार्यालयमा तरकारी फालि दिएका छन् ।

नगर प्रहरी कार्यालयमा तरकारीको ठेला लगेर भीमदत्त नगरपालिका १ का हरिदत्त भट्टले सबै तरकारी कार्यालयमा फालेका हुन् । नगरपालिकामा तरकारी फाल्दा उनले नगरपालिकाले आफ्नो परिवार पाल्नु पर्ने भन्दै आक्रोश पोखेका छन् । 

janjyoti campus

बिहीबार दिउँसो भीमदत्त नगरपालिका –१ का हरिदत्त भट्ट तरकारी बेच्न महेन्द्रनगर बजार गल्ली न.१ देखि माहाकाली अस्पतालको बाटो गइरहेका थिए । भट्टका अनुसार बाटोमा ठेला लिइ हिन्न र कुनै चिज बस्तु बेच्न नपाउने भन्दै नगर प्रहरीले आफ्नो २० हजार बराबरको तरकारी नगरपालिकामा ल्याएको हुन् ।

नगरपालिका अगाडि तरकारी फालिएको थियो । अहिले भने नगर प्रहरिले भुइमा फालिएको तरकारी अन्यत्र लगेको छ । नगर प्रहरीले भने व्यापारीमाथि दुव्र्यवहार नगरेको बताएको छ । तरकारी बेच्ने समय ठाउँ निर्धारण गरेका छौ ,बिहान १० बजे सम्म निश्चित तोकेको ठाउमा पु¥याउनु पर्छ ’ नगर प्रहरी इन्चार्ज सुरेन्द्र बोहराले भने ’कार्यालय समयमा बजार वरपर बेच्न नपाउने भनेका छौ ’ओपेरा चोक ,जिप्रका चोक ,ट्राफिक चोक र इको पार्क आसपासमा बेच्न सकिन्छ । ’

भिमदत्त नगरपालिकाको कार्यालय अघि ठेलामा तरकारी बेचिरहेका भट्टबाट नगर प्रहरीले तराजु लगायत अन्य समान नगरपालिका लिएर आएको त्यही रिसमा उनले पालिका अगाडि यस्तो व्यवहार गरेको अह्य बोहराले बताए ।

नगर प्रहरीले भने बजार क्षेत्रमा नगरपालिका भित्रमा ठेलामा तरकारी ,फलफुल बेच्ने व्यवसाय बाट ५० रुपैयाँ देखि १ सय ५० रुपैयाँ शुल्क उठाउने गरेको छ ।

ghar sansar
सम्बन्धित
Loading...