ghar sansar

दोधारा चाँदनीमा यसरी मनाइँदैछ तमुल्होसार

Amity

महेन्द्रनगर । दोधारा चाँदनीमा तमु समाजले पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी ‘तमु ल्होसार’ पर्व मनाउने तयारी गरेको छ ।

दोधारा चाँदनी नगरपालिकामा छरिएर रहेका गुरुङ्ग जातीहरुले जातिय संरक्षणको लागी संगठित निमार्ण गरेको तमु समाज दोधारा चाँदनीले आउदो पुष १५ गते दोधारा चाँदनी नगरपालिका– ७ बुद्धनगरमा यस वर्ष पनि भब्यताको साथ ‘तमुल्होसार’ मनाउने तयारीमा जुटेको छ् ।

lotus institite

शनिवार बसेको तमु समाजको एक बैठकले बिगतका दिनहरु जस्तै परम्परागतरुपमा ‘तमुल्होसार’ मनाउने भएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ् ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले ‘तमुल्होसार’ पर्व मनाउन तयारी सुरु गरिएको बताएका छन् । बर्ग पुजन, गुरुङ्ग सस्कृती झल्काउने पहिरन सहित सास्कृती कार्यक्रम गरि ‘तमुल्होसार’ मनाईने तमु समाज दोधारा चाँदनीका अध्यक्ष तमान सिंह गुरुङ्गले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...