
महेन्द्रनगर । कञ्चनपुर जिल्ला चेस संघले यही पुस ९ र १० गते आयोजना गरेको जिल्ला स्तरीय विद्यालय टीम चेस च्याम्पियनसीपमा ईन्टरनेशनल पब्लिक स्कूलको टिम प्रथम र द्वितीय दुबै स्थानमा बिजय प्राप्त गरी च्याम्पियन भएको छ । प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगिताका विजयी प्रथम टिमका खेलाडी सार्थक पन्त, अशोक खड्का ,हितेशभट्ट र नैतिक बैजलाई भिमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशी, द्वितीय टिमलाई चेस संघका अध्यक्ष टेकेन्द्रराज पाठक र तृतीय टिमलाई सूर्य लाईफ ईन्स्योरेन्सका मेनेजर शारदा अवस्थीले क्रमशः ६ हजार, ४ हजार र ३ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र एक समारोह बीच वितरण गरे ।
यस अघि गत मंसिरमा सम्पन्न प्रदेश स्तरीय खुल्ला र्यापिड चेस प्रतियोगितामा पनि ईन्टरनेस्नल पब्लिक स्कूलकै कक्षा ७ मा अध्ययनरत छात्र सार्थक पन्त प्रथम भएर विद्यालयले चेस प्रतियोगितामा एकल बर्चस्व कायम गरेको छ ।
