ghar sansar

झापाबाट आएर राजवंशीका आफन्त पुगे प्रहरी कार्यालय, आफन्त नआउँदै शव अस्पताल पुगाएकोमा असन्तुष्टि

Amity

महेन्द्रनगर । डेरामा मृत भेटिएकी वनखेतस्थित डायमण्ड क्यासिनोका कामदार प्रियंका राजबंशीका आफन्तले मंगलबार प्रहरी कार्यालय पुगेर घट्नाबारे जानकारी लिएका छन् ।

मंगलबार पुगेपछि उनीहरुले प्रहरी कार्यालय, राजवंशीको कोठा र उनको शव राखिएको महाकाली प्रादेशिक अस्पताल पुगेका छन् ।

lotus institite

राजबंशीका मामा अमित हलवाई सहितका आफन्त साँझ मात्रै महेन्द्रनगर पुगेका छन् । प्रहरीले विहान राजबंशीको शव भेटिपछि घर परिवारलाई जानकारी गराएको थियो ।

झापाको मेचीनगरपालिका ६ की २६ वर्षिया राजवंशीको नेपाल विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्र नजिक डेरामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

राजवंशीको आत्महत्याको कारण खुल्न सकेको छैन । महाकाली अस्पतालमा राखिएको शवको जाँच समेत भएको छैन ।

राजबंशीका आफन्त नआइकन प्रहरीले शवलाई कोठाबाट निकालेर अस्पताल पुगाएको थियो । मंगलबार साँझ प्रहरी समक्ष आफन्तले घर परिवारको उपस्थिति विना शव अस्पताल पुगाएको भन्दै असन्तुष्टि पोखे । प्रहरीले उनीहरुलाई आफन्तको सहमतिमा शव अस्पताल पुगाएको जानकारी दिएको छ ।

प्रहरी कार्यालयमा उनीहरुले प्रहरीसित घट्नाबारे जानकारी लिएका छन् । चार महिनादेखि राजवंशी क्यासिनोमा कार्यरत थिइन् ।

प्रहरी कार्यालयपछि राजबंशीको डेरामा पुगेका आफन्तले छर छिमेकमा पनि सोधीखोजी गरे । उनीहरुले शव निकालेर अस्पताल पुगाएकाले मृत्युको कारण बाहिर आउन समस्या हुने चिन्ता व्यक्त गरे ।

‘के कारणले भएको रहेछ, हामी पनि कोठामा त पुग्यौ, तर केही देखेनौ, हामी नआईकन शव अस्पताल नलगेको भए नि हुने थियो’ मामा हलवाइले भने ।

राजवशंीको मृत्युको खबरले उनको घर परिवारका सदस्य विक्षिप्त अवस्थामा पुगेको उनले बताए । उनका आमा बुवा दुबै विरामी छन् । प्रहरीले बुधबार फेरि उनीहरुलाई प्रहरी कार्यालय बोलाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आत्महत्याको कारण खुल्न नसकेको बताए ।

‘आत्महत्या किन गरेको रहेछ भन्ने कुरा खुल्न सकेको छैन, प्रहरीले विहान मात्रै घट्नाबारे थाह पाएको हो’ उनले भने,‘अरु कुरा बुझ्दैछौ ।’

Himal dental
सम्बन्धित
Loading...