महेन्द्रनगर । कञ्चनपुर जिल्ला कबड्डी संघले सञ्चालन गरेको कबड्डी निर्णायक पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
कबड्डी संघका उपाध्यक्ष रमेश चन्द्र ओझाको अध्यक्षता र कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष कैलाश चन्द्र गिरिको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नेपाल कबड्डी संघका केन्द्रीय कोषाध्यक्ष कृष्ण देब पन्त विशिष्ठ अतिथि थिए । कबड्डीका प्रशिक्षक बिष्णु दत्त भट्ट, कबड्डीका अन्तर्राष्ट्रिय निर्णायक यज्ञ प्रसाद शर्मा, भीम दत्त नगर खेलकूद समितिका अध्यक्ष शरद चन्द, कबड्डी संघका केन्द्रिय सदस्य जय बहादुर बोहरा लगायतका सहभागी भए ।
कार्यक्रममा उपाध्यक्ष ओझाले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई विवाद रहित बनाउन सफल बनाउन तालिम आयोजना गरिएको जानकारी दिए । संघका सचिव गणेशदत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।