

महेन्द्रनगर । ईन्टरनेशनल पब्लिक स्कूलको यस वर्षको ८ औं संंस्करणको इन्टरनेशल फुटबल कप टुर्नामेन्ट २०८० को उपाधी रौलेश्वर माध्यमिक विद्यालय बेल्डाडीले हात पारेको छ । पुस १४ गते आयोजक टिम ईन्टरनेस्नल पब्लिक स्कुल तथा रौलेश्वर माबिबीच भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा रौलेश्वरले २–१ ले बिजय हासिल गरेको हो ।
रौलेश्वरबाट लोकेन्द्र साउद, रोहित धामी, दिनेश उपाध्याय, विशाल बिष्ट, करन सुनार,प्रशान्त भट्ट ईस्वर सिंह अनिल बडुवाल सन्जय बिष्ट सन्दिप कार्की अबिनाश बडुवाल बिराज साउद महेश उपाध्याय रोहित पुजारा जीवन शाही र निरज बडुवाल खेलाडी थिए भने÷ ईन्टरनेस्नलबाट गृस्म मल्ल प्रदिप रावल सुदीप थापा मगर दिनेश भट्ट रबि रावल मुकेश चन्द सन्दिप सिह शाहिल बस्नेत क्षितिज धामी अमन चौधरी सोहन सुनार बिबेक धामी सुमित शर्मा जोनस जोशी महेन्द्र कार्की र प्रतीक सिह खेलाडी थिए ।



ईन्टरनेस्नलका बेगट स्ट्राइकर क्षितिज धामी, प्लेयर अफ दि टुर्नामेन्ट सन्दिप थापा मगर, वेष्ट किपर गृस्म मल्ल भए । रौलेश्वरका वेष्ट डिफेन्डर रोहित धामी, वेष्ट मिड फिल्डर अनिल बडुवाल भएका थिए। बिजेता रौलेश्वरलाई ५० हजार र उप बिजेता ईन्टरनेस्नललाई २५ हजार नगद पुरस्कार सहित बिद्यालय, खेलाडी तथा रेफ्रीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र अतिथिहरुले प्रदान गरेका थिए ।
महेन्द्रनगरको खुला मन्चमा आयोजना गरिएको समापन समारोह बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाध्वज बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो। समारोहमा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, बिशिस्ट अतिथि भिमदत्त नगरपालिकाका उप प्रमुख नीलम लेखक जोशी थिए ।
पुस १० गते देखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १२ बिद्यालयका १३ टिमले भाग लिएका थिए । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन तथा प्रबर्द्धनका लागि यस बिद्यालयले बर्सेनि विभिन्न विधाका प्रतियोगिताहरुको सफल आयोजना गर्दै आएको छ ।

