ghar sansar

‘हामी हाम्रा लागि पटक पटक लड्यौ, अरुका लागि अब उठौं लडौं’ भन्ने अभियानलाई वडा स्तर सम्म पुरयाईने

महेन्द्रनगर । दलित समुदायको हक अधिकारका लागि सञ्चालन गरिएको ‘हामी हाम्रा लागि पटक पटक लडयौ, अरुका लागि अब उठौं लडौं’ भन्ने अभियानलाई वडा स्तर सम्म पुरयाईने भएको छ ।

शनिवार शुक्लाफाँटा नगरपालिकामा बसेको अभियन्ताहरुको बैठकले अभियानलाई वडा वडा सम्म पुरयाई दलित समुदायलाई अधिकारका लागि अग्रसर बनाउने भएको हो ।

mantra hos123

अभियान सञ्चालन समितिका अध्यक्ष अनिता नेपालीको संयोजकत्वमा बसेको बैठकले अभियानका क्रममा भएका राम्रा कुराहरुलाई आत्मसात गर्दै अगाडी बढने निर्णय गरेको छ । समितिमा रिक्त रहेका सदस्य पदमा बिष्ना पार्की, लक्ष्मी महर र बेलु नेपालीलाई मनोनित गर्ने निर्णय गरेको छ ।

दलित समुदायको अधिकारका लागि सम्बन्धीत निकायमा डेलिगेसन,ज्ञापन पत्र, धर्ना, जुलुस र ध्यानाकर्शण लगायतका कार्यक्रम गर्नका लागि बैठकमा सहमति गरिएको दलित अगुवा शिवी लुहारले बताए ।

उनका अनुसार शुक्लाफाँटा नगरपालिकामा ५९ औं अन्तराष्ट्र्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवस नगरपालिकाको समन्वयमा गर्ने निर्णय गरिएको छ लुहारले भने,दिवसको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजनका लागि नगरपालिका संग आग्रह गर्छौ ।

Himal dental
सम्बन्धित
Loading...