
महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयले पुसे पन्नर मनाएको छ । शिक्षालयमा उखान टुक्का, नाचगान लगायतका कार्यक्रम गरी मनाइएको छ ।
बहुप्राविधिक शिक्षालय र शिक्षालयको स्पोर्टस क्बलले भीमदत्त नगरपालिकाको मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम गरेको छ ।
शिक्षालयका निर्देशक साउँदले नियमित शैक्षिक अध्ययनका अतिरिक्त विद्यार्थीलाई नेपाली तथा सुदूरपश्चिमेली समुदायको लोक साँस्कृतिक परम्पराबारे जानकारी गराउने एबम् संरक्षणका लागि उत्प्रेरित गर्न कार्यक्रम गरिएको बताए ।
वरिष्ठ साहित्यकारद्वय बीर बहादुर चन्द(बिश्राम), रमेश पन्त(मितबन्दु)ले पुषे पन्नर बारे ब्याख्या गरेर महत्व बारे जानकारी गराए ।
महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीले विवित साहित्य, नृत्य, कविता, गित गजल प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले शिक्षालय र विद्यार्थीले गरेको कार्यक्रमले विद्यार्थीलाई अतिरिक्त ज्ञान अभिप्रेरित हुने बताए । शिक्षालयका प्रशिक्षक चुडामणी शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
