महेन्द्रनगर् । भारतीय सीमावर्ती सहरबाट समान ल्याउनु दिनु पर्ने माग गर्दै आन्दोलित केयरिङ्गकर्ताले मंंगलबार महेन्द्रनगर बजारमा सिटी फुकेर सरकार विरुद्ध प्रदर्शन गरेका छन् । सिटी जुलुश प्रदर्शनमा चार सय भन्दा बढी केयरिङ्गकर्ता सहभागी भएका छन् ।
गड्डाचौकी भन्सार कार्यालयले समान केयरिङ्ग बन्द गरेपछि उनीहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले भन्सार कार्यालयलाई राजश्व तिरेर समा ल्याउनु दिनु पर्ने माग गरेका छन् । सोमबार बजार क्षेत्रमा मौन जुलुश प्रदर्शन गरी उनीहरुले भन्सार कार्यालय पुगेर समापन गरेका थिए ।
बजार क्षेत्रमा सिटी जुलुश प्रदर्शनका क्रममा उनीहरु सरकार विरुद्ध नाराबाजी गरेका छन् । भारतीय सीमावर्ती सहरबाट वर्षौैदेखि साइकलमा समान केयरिङ्ग हुँदै आएको थियो ।
भन्सार कार्यालयले अचानक राजश्व काट्न बन्द गरी आफूहरुलाई समान ल्याउन नदिएको उनीहरु बताउँछन् । ‘भन्सार काटी समान ल्याउन लागेको वर्षौ भयो ।
एकासी भन्सार कार्यालयले भन्सार काट्न छाडेपछि हामीलाई अप्ठ्यारो भयो’ पहरीले भनिन ‘गरिब, एकल महिलाले काम गर्दै घर चलाइरहेका थिए । भन्सार काट्न छाडेपछि क्यारिङ गरि घर खर्च चलाउने काम सरकारले खोस्यो ।’
रोजगारी खोसिएको भन्दै सयौँ सडकमा उत्रिएका क्यारिङ्कर्ताहरुले आफूहरूको लडाइ सरकारसँग रहेकोले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन । आफूहरूले सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत मागको सुनुवाइ नभएको क्यारिङ्कर्ताको दुखेसो छ ।
रोजगारी खोसिएको भन्दै सयौँ सडकमा उत्रिएका क्यारिङ्कर्ताहरुले आफूहरूको लडाइ सरकार सँग रहेकोले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन् । आफूहरूले सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत मागको सुनुवाइ नभएको क्यारिङ्कर्ताको दुखेसो छ ।
गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भने साइकल क्यारिङ गर्नेहरूको भन्सार नकाट्ने कानुनी प्रावधान रहेकोले भन्सार नकाटिएको बताए ।
नेपाल स्वरोजगार संघका केन्द्रीय सदस्य उमेश पाण्डेयले सरकारले केयरिङ्गकर्ताको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताए ।