ghar sansar

जनज्योति क्याम्पसको एमबीएसमा आकर्षण

Amity

महेन्द्रनगर । जनज्योति बहुमुखी क्याम्पसमा एमबीएस अध्ययनका लागि प्रवेश परीक्षा दिएका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धमा सञ्चालित क्याम्पसमा एमबीएस अध्ययनका लागि पुस १४ गते प्रवेश परीक्षा भएको थियो ।

जनज्योति क्याम्पसबाट सबैभन्दा बढी ८९ विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए । प्रवेश परीक्षामा सहभागी सबै विद्यार्थीहरु उत्तीर्ण भएको क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले बताए ।

lotus institite

कञ्चनपुरमा जनज्योति सहित कञ्चन क्याम्पस महेन्द्रनगर र कृष्ण बैजनाथ क्याम्पस झलारीमा एमबीएस अध्यापन हुने गरेको छ । यीमध्ये जनज्योति र कञ्चन क्याम्पसमा पढन विद्यार्थी प्रवेश परीक्षमा सहभागी भएका थिए ।

झलारीको कृष्ण बैजनाथ क्याम्पसबाट प्रवेश परीक्षामा शुन्य विद्यार्थी सहभागी भए । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय कृतिपुरले कञ्चन क्याम्पसमा प्रवेश परीक्षा केन्द्र राखेर परीक्षा लिएको थियो । कञ्चनबाट २९ जना प्रवेश परीक्षामा सहभागी भएका थिए ।

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संख्या घटि रहेका बेला जनज्योति क्याम्पसमा एमबीएस पढ्न अनपेक्षित रुपमा विद्यार्थी आएपछि क्याम्पस उत्साहित देखिएको बताए ।

क्याम्पस प्रमुख जोशीले क्याम्पसहरुमा विद्यार्थी संख्या घटि रहेका विद्यार्थी आउनु सुखद भएको बताए । ‘त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संख्या घटि रहेको समाचार आई रहेका छन्, अन्य विश्वविद्यालयमा पनि त्यस्तै छ’ उनले भने,‘एमबीएसको नतिजाले जनज्योतिमा विद्यार्थीको आकर्षण बढेको देखियो, यसले उत्साह ल्याएको छ ।’

जनज्योतिले यस अघि स्नातक तहमा पनि बीसीएमा प्रवेश परीक्षा गरी विद्यार्थी छनौट गरिएको थियो । स्नातक तहका अन्य संकायमा पनि विद्यार्थी संख्या अपेक्षाकृत भएको क्याम्पस प्रमुख जोशी बताउँछन् ।

सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी पढाउने जनज्योतिमा कक्षा नर्सरीदेखि स्नातकोत्तर तहसम्म पठनपाठन हुने गर्छ । क्याम्पसले स्नातकोत्तर तहमा नयाँ व्यवस्थापन सहित पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख जोशीले बताए ।

क्याम्पस प्रमुख जोशीका अनुसार सेमेस्टर प्रणालीमा सञ्चालित सबै कक्षा कोठामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

दुई दशक अघि २०५८ मा जनज्योति क्याम्पस सञ्चालनमा आएको हो । क्याम्पसमा व्यवस्थापन सहित शिक्षा तथा मानविकी र बीसीएको पठनपाठन हुँदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...