Sarsoti

पुनर्वासकी खड्का खैरभट्टीमा भेटिइन झुण्डिएको अवस्थामा मृत, बलात्कारपछि हत्या गरिएको परिवारको आशंका

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ खैरभट्टीमा एक युवती झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । पुनर्वास नगरपालिका ६ की २२ वर्षिया लक्ष्मी खडका खैरभट्टी स्थित नन्दा जोशीको घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृतकका परिवारले खड्कालाई बलात्कारपछि हत्या गरी झुण्ड्याएको आशंका गरेका छन् ।

Mahendranagar

खड्का मृत भेटिएपछि उनीसंगै बस्दै आएका हुम्ला सिमकोट –४ का धेसराज शाहीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शाहीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएका छन् ।

morning glory

मृतक खड्का बुवा तारा खड्काले उनी तीन दिन अघि घरबाट भागेर आएकी थिइन् । घर परिवारलाई उनले आफू फरक फरक स्थानमा रहेको जानकारी गराउँदै आएकी थिइन । उनले महेन्द्रनगर, अत्तरिया र काठमाडौं छु भन्दै आएको उनका बुवाले बताए ।

saark school
सम्बन्धित
Loading...